एनआइसी एशिया बैंकले फागुन २२ गते डाक्यो साधारणसभा, ५ अर्बको अग्राधिकार शेयर जारी गर्ने
- BFIS News
- 2025 Feb Tue 05:44

काठमाडौं । एनआइसी एशिया बैंकले फागुन २२ गते सत्ताइसौ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरमा ५ अर्बको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने विशेष प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ ।
बैंकले यस वर्ष लाभांश घोषणा गरेको छैन । पूँजीकोषको दवाव व्यवस्थापन गर्ने नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले अग्राधिकार शेयर जारी गर्न थालेको हो । यस्तो शेयर जारी गर्न बैंकले अधिकृत पूँजी १४ अर्ब ९२ करोडबाट १९ अर्ब ९२ करोड पुर्याउने भएको छ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गर्ने प्रस्ताव रहेको छ । सभा आर्मी अफिसर्स क्लबमा विहान ९ बजे सुरु हुनेछ ।
प्रतिक्रिया