NIMB Header 2
Nepal Life

नेपाल भ्रष्टाचार हुने देशमध्ये १०७ औं स्थानमा

National Life
  • BFIS News
  • 2025 Feb 11 12:35
नेपाल भ्रष्टाचार हुने देशमध्ये १०७ औं स्थानमा
Sanima Reliance

काठमाडौं, माघ २९ गते । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क’ (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) सार्वजनिक गरेको छ ।

Shikhar
NIMB

नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये १०७ औं स्थानमा पुगेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) ले आज सार्वजनिक गरेको प्रतिवेदनमा कूल १०० अंकमा ३४ अंक प्राप्त गरेको छ। विश्वभरका १८० मुलुकमा नेपाल १०७ मा पुगेको हो।  

इन्टरनेशनले मङ्गलबार विश्वव्यापी रुपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कमा साउथ सुडान ८ अङ्क प्राप्त गरी यस वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा अङ्कित भएको उल्लेख छ ।

यसैगरी, १८० देश सम्मिलित यस सूचकाङ्कमा डेनमार्क विगत सात वर्षदेखि लगातार ९० अङ्क प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रुपमा रहेको छ ।

सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्ट जनाउँदछ । विगत पाँच वर्षमा सात वटा मुलुकहरुले भ्रष्टाचार अवधारणा सूचकाङ्कमा उल्लेख्य प्रगति हासिल गरेका छन् । सन् २०२४ मा विश्वका दुई तिहाइ देशहरुले १०० मा ५० भन्दा कम अङ्क प्राप्त गरेका छन् ।

सर्वेक्षण गरिएका १८० मुलुकको औसत अङ्क यस वर्ष पनि ४३ नै कायम रहेको छ । कम अङ्क प्राप्त गर्नेमा कमजोर र द्वन्द्व प्रभावित मुलुकहरु रहेका छन् ।

विश्वव्यापी चासोको विषय रहेको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय स्तरमा सक्रिय रहेका मुलुकहरुले समेत भ्रष्टाचार अवधारणा सूचकाङ्क सर्वेक्षणमा कम अङ्क प्राप्त गरेको देखिएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदन कृष्ण शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२४ मा नेपालले १०० मा ३४ अङ्क प्राप्त गरेको छ, जुन गत वर्ष ३५ रहेको थियो ।

दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ७२ अङ्क, भारतले ३८ अङ्क, मालदिभ्सले ३८ अङ्क, नेपालले ३४ अङ्क, श्रीलङ्काले ३२ अङ्क, पाकिस्तानले २७ अङ्क, बङ्गलादेशले २३ अङ्क र अफगानिस्तानले १७ अङ्क प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४३ अङ्क प्राप्त गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले विभिन्न देशको भ्रष्टाचार अवधारणा सूचकाङ्क तयार गर्दा १३ वटासम्म अन्तर्राष्ट्रिय सर्वेक्षणका तथ्याङ्कलाई आधार मान्ने गरेको छ । नेपालको सूचकाङ्क निम्नलिखित ६ वटा संस्थाद्वारा विभिन्न क्षेत्र समेटेर गरिएको सर्वेक्षणको आधारमा तयार गरिएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया