NIMB Header 2
Prabhu Mahalaxmi

झापा इनर्जी लिमिटेडको आइपिओ आजदेखि खुल्ला, सर्वसाधारणका लागि ६ लाख ७० हजार २७५ कित्ता

United Ajod
  • BFIS News
  • 2025 Sep 05 12:17
झापा इनर्जी लिमिटेडको आइपिओ आजदेखि खुल्ला, सर्वसाधारणका लागि ६ लाख ७० हजार २७५ कित्ता
IME LIFE

काठमाडौं, भदौ २० गते। झापा इनर्जी लिमिटेडले आज भदौ २० गतेदेखि सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा ४,७३,३३६ कित्ता साधारण सेयर सार्वजनिक निष्कासनमार्फत बिक्री गर्न लागेको हो।

Nepal Life
NIMB

आईपीओको प्रारम्भिक बन्द मिति भदौ २४ गते तोकिएको छ। यदि सो समयसम्म पूर्ण रूपमा आवेदन नपरेमा म्याद असोज ३ गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ।

झापा इनर्जी लिमिटेडको जारी पूँजी रू. ३८ करोड १ लाख रहेको छ। यसमध्ये २५ प्रतिशत अर्थात् ९,५०,४७५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्दैछ। यस मध्ये १०% (३,८०,१९० कित्ता) झापा जिल्लाका परियोजनाबाट प्रभावित स्थानीयवासीका लागि छुट्याइएको थियो।  बाँकी १५% (५,७०,२८५ कित्ता) सर्वसाधारणका लागि निष्कासन गरिँदैछ।

यस १५% मध्ये पनि १०% (५७,०२९ कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पहिले नै निष्कासन भइसकेको छ।  २% (११,४०६ कित्ता) कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। ५% (२८,५१४ कित्ता) म्युचुअल फण्डहरूका लागि छुट्याइएको छ। बाँकी ४,७३,३३६ कित्ता सेयर आजदेखि सर्वसाधारणका लागि खुला गरिएको हो।

आईपीओ निष्कासनको व्यवस्थापन हिमालयन क्यापिटल लिमिटेडले गरेको छ। आवेदन न्यूनतम १० कित्ता र अधिकतम ५,००० कित्तासम्म दिन सकिनेछ।

झापा इनर्जी लिमिटेडको पृष्ठभूमि:

२०७५ असोज १६ गते स्थापना भएको झापा इनर्जी लिमिटेडले कोशी प्रदेशको झापा जिल्लामा १० मेगावाट क्षमताको सौर्य फोटोभोल्टाइक (पीभी) विद्युत् आयोजना सञ्चालन गर्दै आएको छ। यो आयोजना २०८० माघ १० गते (जनवरी २४, २०२४) देखि व्यावसायिक उत्पादनमा आएको हो।

कम्पनीको चुकता पूँजी हालसम्म लगभग रू. २८ करोड ५० लाख रहेको छ, जुन पूँजी प्रायः प्रवर्द्धकहरूकै स्वामित्वमा छ। करिब रू. ८ अर्ब ७३ लाखको लागतमा निर्माण सम्पन्न भएको परियोजनामा झण्डै ६९% लगानी ऋणबाट भएको थियो।

वित्तीय वर्ष २०८०/८१ को पहिलो छ महिनामा आयोजना साइन गरिएको विद्युत् आपूर्तिको करिब ७८% उत्पादन गर्न सफल भएको थियो, भने २०८१ सालको पहिलो नौ महिनासम्म ७२% उत्पादन भएको छ।

आईसीआरए नेपालले झापा इनर्जी लिमिटेडको क्रेडिट रेटिङ घटाएको छ। कम्पनीको इस्युअर रेटिङ \[ICRANP-IR] BB- बाट घटाएर \[ICRANP-IR] B- मा झारिएको छ, जसले वित्तीय दायित्व समयमा चुक्ता गर्ने क्षमतामा उच्च जोखिम देखाउँछ। दीर्घकालीन ऋणको रेटिङ \[ICRANP] LBB- बाट घटाएर \[ICRANP] LB गरिएको छ। अल्पकालीन ऋणको रेटिङ भने \[ICRANP] A4 मा यथावत् राखिएको छ। कम्पनीले जारी गर्न लागेको आईपीओबाट उठ्ने रकमले आफ्नो ऋण भार घटाउने उद्देश्य राखेको छ। इच्छुक लगानीकर्ताहरूले आफ्नो मेरो सेयर खातामार्फत आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया