NIMB Header 2
Nepal Life

भारत-अमेरिका द्विपक्षीय व्यापार २०३० सम्ममा ५०० अर्ब डलर पुर्‍याउने लक्ष्य, पारस्परिक शुल्कलागू गर्ने योजनाले भारतसमेत प्रभावित

Muktinath Bank
  • BFIS News
  • 2025 Feb 14 10:01
भारत-अमेरिका द्विपक्षीय व्यापार २०३० सम्ममा ५०० अर्ब डलर पुर्‍याउने लक्ष्य, पारस्परिक शुल्कलागू गर्ने योजनाले भारतसमेत प्रभावित
National Life

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहीबार भएको संयुक्त पत्रकार सम्मेलनमा भारत र अमेरिकाबीचको द्विपक्षीय व्यापारलाई २०३० सम्ममा दोब्बरभन्दा बढी बढाई ५०० अर्ब डलर पुर्‍याउने लक्ष्य रहेको बताएका छन्।

Shikhar
NIMB

वासिङ्टनमा दुई नेताबीचको बैठक सम्पन्न भएपछि मोदीले भने, “हाम्रो टोलीहरूले पारस्परिक रूपमा लाभदायक व्यापार सम्झौतामा छिट्टै सहमति जुटाउन काम गर्नेछन्।”

अमेरिकी राष्ट्रपति ट्रम्पले भारतले केही आयातमा शुल्क घटाउने हालैको निर्णयलाई स्वागत गर्दै व्यापार असमानताका विषयमा छलफल सुरु गर्ने बताएका छन्। उनले दुवै देशबीच व्यापार सम्झौतामा चाँडै सहमति हुने आशा व्यक्त गरे।

ट्रम्पद्वारा ‘पारस्परिक शुल्क’ लागू गर्ने योजना सार्वजनिक, भारतसमेत प्रभावित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई समेत समेटेर विदेशी राष्ट्रहरूमाथि ‘पारस्परिक शुल्क’ लगाउने योजना समेटिएको राष्ट्रपतीय ज्ञापनपत्रमा हस्ताक्षर गरेपछि केही घण्टामै उनले आफ्नो धारणा सार्वजनिक गरे।

प्रेस ब्रिफिङमा ट्रम्पले भने, “अमेरिकाले भारतले लगाउने समान दरमा नै शुल्क लगाउनेछ। साथै, भारतसँगको व्यापार घाटा तेल र ग्यासको बिक्रीमार्फत सन्तुलन गर्ने योजना छ।”

हाल भारतले सबैभन्दा बढी प्राथमिकता प्राप्त राष्ट्र (Most-Favored-Nation, MFN) का लागि औसत रूपमा १७% शुल्क लगाउँछ, जबकि अमेरिकाले मात्र ३.३% शुल्क लिन्छ। अमेरिकाले अधिकांश ठूला अर्थतन्त्रहरूसँग MFN हैसियत प्राप्त गरेको छ।

अमेरिकी व्यापार प्रतिनिधि कार्यालयका अनुसार सन् २०२४ मा भारतसँगको कुल वस्तु व्यापार करिब १२९ अर्ब डलर पुगेको छ। भारतको दोस्रो ठूलो व्यापार साझेदार रहेको अमेरिकासँग भारतको व्यापार अधिशेष गत वर्ष ४५.७ अर्ब डलर पुगेको थियो।

साथै, ट्रम्पले यसै वर्षदेखि अमेरिकाले भारतलाई थप सैन्य उपकरण बिक्री गर्ने घोषणा गरे। उनले भविष्यमा भारतलाई एफ–३५ लडाकु विमान पनि उपलब्ध गराउने बताए। ट्रम्पका अनुसार यो निर्णय ‘कट्टर इस्लामिक आतंकवाद’ विरुद्धको साझा चुनौती सामना गर्न लिइएको हो। भारत हाल विश्वकै सबैभन्दा ठूलो रक्षा उपकरण आयातकर्ता देश हो।

अमेरिकी शुल्कको सम्भावित असरको छाँया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको हालैको भेटवार्तामा अमेरिकी शुल्कको सम्भावित असरले चर्चा पाएको छ।

प्रेस ब्रिफिङका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “हामी अहिले पारस्परिक राष्ट्र हौं... भारतले जति शुल्क लगाउँछ, हामीले पनि त्यति नै लगाउनेछौं। अन्य कुनै देशले जति शुल्क लगाउँछ, हामीले पनि त्यति नै लगाउनेछौं। यसलाई पारस्परिकता भनिन्छ, जुन मलाई निकै न्यायोचित लाग्छ।”

राष्ट्रपति ट्रम्पका अनुसार यी पारस्परिक शुल्कहरू तत्काल लागू हुने छैन्। उनको प्रशासनले सम्बन्धित देशहरूका लागि उपयुक्त शुल्क दर निर्धारण गर्न आवश्यक प्रक्रिया अघि बढाइरहेको छ।

ट्रम्पले यसअघि नै चीन, क्यानडा र मेक्सिकोमाथि विभिन्न शुल्क लगाइसकेका छन्। साथै, इस्पात र एलुमिनियम आयातमा विश्वव्यापी रूपमा शुल्क लगाएका छन्। क्यानडा र मेक्सिकोसँगको सीमा सुरक्षा र अवैध लागूपदार्थ तस्करी रोकथाममा प्रतिबद्धता देखाएपछि यी दुई देशहरूमाथि लगाइएको शुल्क हाललाई स्थगित गरिएको छ।

यद्यपि ट्रम्प र मोदीबीचको वार्तामा सकारात्मक संकेतहरू देखिए पनि अमेरिका–भारत सम्बन्धमा अझै केही तनाव कायम रहेको छ। एस. राजारत्नम स्कूल अफ इन्टरनेशनल स्टडीजका अनुसन्धानकर्ता ड्यानियल बालाज्सका अनुसार अवैध आप्रवासन मुद्दा र भारतको रुससँगको निकट सम्बन्ध अझै विवादको विषय बन्न सक्छ।

बालाज्स भन्छन्, “विशेषगरी भारतको रुससँगको सम्बन्ध तत्काल समाधान हुने सम्भावना छैन र आगामी दिनमा पनि दुई देशबीचको सम्बन्धमा तनावको मुख्य कारण बन्न सक्छ।”

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया