कृषि विकास बैंकले मोबाइल बैंकिङलाई अपग्रेड गर्दै, शुक्रवार विहान सेवा अवरुद्ध हुने

  • BFIS News
  • 2023 Sep Thu 13:20
कृषि विकास बैंकले मोबाइल बैंकिङलाई अपग्रेड गर्दै, शुक्रवार विहान सेवा अवरुद्ध हुने

काठमाडौं । कृषि विकास बैंकले मोबाइल बैंकिङको भर्सन अप्रेड गर्ने भएको छ । मोबाइल बैंकिङ मार्फत प्रदान गर्ने सेवा सुविधालाई थप प्रभावकारी बनाउन बैंकले मोबाइल बैंकिङको भर्सन अपग्रेड गर्न थालेको हो ।

भर्सन अपग्रेडसनका क्रममा भदौ २२ गते शुक्रवार विहान ५ बजेदेखि ९ बजेसम्म सेवा अवरुद्ध हुने बैंकले जनाएको छ । अपग्रेडसनका लागि करिव ३ घण्टा लाग्ने भएकाले यस अवधिमा सम्पुर्ण कारोबार बन्द हुने बैंकले जनाएको छ । यसबाट हुन गएको असुविधालाई लिएर बैंकले जानकारी गराएको हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया