एनएमबी बैंकको कार्ड मार्फत भुक्तानी गर्दा  कैलाली हस्पिटल र होटल पौवामा २० % छुट पाइने

  • BFIS News
  • 2023 Sep Thu 13:56
एनएमबी बैंकको कार्ड मार्फत भुक्तानी गर्दा  कैलाली हस्पिटल र होटल पौवामा २० % छुट पाइने

काठमाडौं । एनएमबी बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरि भुक्तानी गर्दा होटल पौवा तिलोत्तमा र कैलाली हस्पिटलमा २० प्रतिशत छुट पाइने भएका छन् ।

एनएमबी बैंकका ग्राहले बैंकको कार्ड वा इएनएमबी एप मार्फत भुक्तानी गर्न २० प्रतिशतसम्म छुट पाउने छन् । होटल पौवाले दिने सम्पुर्ण सुविधा उपभोग गरेर भुक्तानीका क्रममा एनएमबीका ग्राहकले स्वत डिस्काउन्ट पाउने भएका हुन् । त्यस्तै कैलाली हस्पिटल धनगढीमा पनि उपचारका क्रममा बैंकका ग्राहकले यस्तो छुट पाउने छन् ।

एनएमबी बैंकका प्रतिनिधिहरुले होटल पौवा र कैलाली हस्पिटलका प्रतिनिधिहरु सँग समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यसरी एक आपसमा समन्वय गरेर काम गर्दा दुबैको व्यवसायमा टेवा पुग्नेछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया