फोनपे र एन.आई.पी.यलद्वारा नेपाल र भारत बीच क्रस बोर्डर क्युआर भुक्तानीको सुरुवात

  • BFIS News
  • 2023 Sep Thu 22:14
फोनपे र एन.आई.पी.यलद्वारा नेपाल र भारत बीच क्रस बोर्डर क्युआर भुक्तानीको सुरुवात

काठमाडौँ । फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक र नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (NPCI) को अन्तर्राष्ट्रिय शाखा ‘एन.आई.पी.यल’ (NIPL: NPCI International Payments Limited), द्वारा नेपाल र भारत बीच पहिलो क्रस बोर्डर क्यु.आर (QR) भुक्तानी सेवा सुरु गर्ने तयारी भएको छ। यो ऐतिहासिक साझेदारी को सुरुवात ग्लोबल फिन्टेक फेस्ट २०२३ मा भएको थियो जहाँ हरेक वर्ष फिन्टेक दूरदर्शीहरू र नवप्रवर्तकहरूको विश्वव्यापी भेटघाट हुने गर्छ।

 फोनपे, र एन.आई.पी.यल (NIPL) बीचको यस सहकार्यले, दुबै राष्ट्रका लाखौं नागरिकहरूलाई, यी दुई नेटवर्कमा आबद्ध मोबाईल एप प्रयोग गरी विभिन्न स्टोरहरूमा क्यु.आर (QR) कोड मार्फत सुरक्षित र सहज रूपमा  भुक्तानी गर्न मदत गर्नेछ।

उक्त सेवाको लागि दुबै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेका छन् र प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको छ।प्राविधिक एकीकरणको समाप्ति पस्चात यी दुई कम्पनीहरू, आफ्नो नेटवर्कमा आबद्ध सदस्यहरुलाई सेवा प्रदान गर्न सक्षम हुने छन्, जसको अनुरुप लाखौँ  उपभोक्ता र व्यापारीहरूले यस सेवाको लाभ लिन सक्नेछन्। दुई कम्पनी बीचको यस रणनैतिक साझेदारीले दुबै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिनेछ र अन्तर्राष्ट्रिय बजारमा फराकिलो पहुँचका लागि  एउटा प्रमुख पाइलाको रुपमा साबित हुनेछ।

फोनपेका सभापति तथा एफ.वान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालका अनुसार, “यो उल्लेखनीय प्रक्षेपण, दुबै देशका नागरिकहरूको हितका लागि प्रविधिको प्रयोग गरी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम हो। म विश्वस्त छु कि यस पहलले दुई देश बीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान  पुर्याउनेछ र अन्तत: समृद्धि र विकासलाई बढावा दिनेछ ।”

सोही अवसरमा बोल्दै, एन.पीसी.आई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड ले, "यस पहलले नवप्रवर्तन प्रति रहेको हाम्रो प्रतिबद्धतालाई जनाउँछ। यु.पि.आई  (UPI) एप्सले सहज क्रस बोर्डर भुक्तानीहरूलाई सक्षम पार्नेछ र मानिसहरूको कारोबार गर्ने तरिकालाई बृद्धि गर्नेछ। फोनपे सँगको यस साझेदारी लाई हामीले वित्तीय समावेशीकरण र आर्थिक समृद्धिको उत्प्रेरक मानेका छौँ र  फोनपे सँगसँगै रुपान्तरणको यो यात्रा सुरु गर्न पाउँदा हामी धेरै उत्साहित छौँ “भनी जनाएको छ |

फोनपे को बारे:

फोनपे एक भुक्तानी प्रणाली अपरेटर हो जसले अन्तर-बैंक व्यक्ति-देखि-व्यक्ति (पर्सन टु पर्सन: पि टु पि) र व्यक्ति-देखि-व्यवसायी (पर्सन टु मर्चेन्ट: पि टु एम) लेनदेनहरू यसको इन्टरअपरेबल नेटवर्क र मोबाइल प्लेटफर्महरू मार्फत सुविधा दिन्छ । फोनपे, नेपाल राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली सञ्चालक (पेमेन्ट सर्भिस अपरेटर: पि एस् ओ) को रूपमा इजाजतपत्र प्राप्त गर्ने पहिलो मोबाइल भुक्तानी नेटवर्क हो र हालपनि राष्ट्र बैंकद्वारा नियमन गरिँदै आएको छ । ‘पि सि आइ डि एस् एस्’ प्रमाणीकरण प्राप्त गर्ने फोनपे, नेपालको पहिलो गैर-कार्ड-आधारित ‘पि एस् ओ’ पनि हो।

फोन पे एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो । नेपालमा आइ एस ओ २७००१ : २०१३ प्रमाणित भुक्तानी सेवा सञ्चालकको रूपमा, फोनपेले बैंक र वालेट ग्राहकहरू साथै व्यवसायहरूलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल नगदरहित भुक्तानी सेवाहरू दिँदै नगदरहित अर्थतन्त्रमा योगदान गरिरहेको छ । फोनपे, भुक्तानी प्रणालीको पहुँचलाई फराकिलो बनाउन प्रविधिको प्रयोग मार्फत मोबाइल भुक्तानी नेटवर्कमा आविष्कारहरू ल्याउनमा केन्द्रित छ ।

एन.पी. सी.आई को बारे:

नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (NPCI) लाई २००८ मा भारतमा खुद्रा भुक्तानी र सेटलमेन्ट प्रणालीहरू सञ्चालन गर्न संगठनको रूपमा समावेश गरिएको थियो। NPCI ले देशमा एक बलियो भुक्तानी र सेटलमेन्ट पूर्वाधार सिर्जना गरेको छ। यसले रू पे कार्ड (RuPay), इमिडिएट पेमेन्ट सर्भिस (IMPS), यूनिफाईड पेमेन्टस इन्टरफेस (UPI), भारत इन्टरफेस फर मनी (BHIM), भीम आधार, राष्ट्रिय इलेक्ट्रोनिक टोल कलेक्सन (NETC FasTag) जस्ता खुद्रा भुक्तानी उत्पादनहरूको मार्फत भारतमा भुक्तानी गर्ने तरिकालाई परिवर्तन गरेको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया