Nepal Life

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले बैंक वित्तीय संस्थाको वित्तीय विवरण राम्रो आउने

National Life
  • BFIS News
  • 2025 Feb Wed 08:24
मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले बैंक वित्तीय संस्थाको वित्तीय विवरण राम्रो आउने
RBB

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा गरेका नीतिगत परिवर्तनले बैंक वित्तीय संस्थाको वित्तीय विवरणमा सुधार आउने देखिएको छ । राष्ट्र बैंकले अधिकांश दरहरु यथावत राख्दै बैंक तथा वित्तीय संस्थाको राम्रो वित्तिय प्रदर्शनलाई टेवा पुग्नेगरी मौद्रिक नितीको अर्धवार्षिक समिक्षा भएको बैंकिङ विज्ञ सुमन सुवेदीको विश्लेषण छ । 

NIMB

राष्ट्र बैंकले असल कर्जालाई १ प्रतिशत प्रोभिजनिङ गरे पुग्ने व्यवस्था गरेको छ । यस भन्दा अगाडी असल कर्जामा १.१ प्रतिशत प्रोभिजनिङ गर्नु पर्ने व्यवस्था छ । यसबाट प्रोभिजनिङ फर्की नाफालाई राम्रो टेवा पुग्ने सुवेदीले बताए । 

मौद्रिक समिक्षा मार्फत लघुवित्तमा पनि आधार दर व्यवस्था अनुरूप कर्जा ब्याजदरको प्रणाली अवलम्वन गरिने भएको छ । यस सँगै पारदर्शी ब्याजदर प्रणाली लागु भएको सुवेदीको तर्क छ । 

व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरेको छ । यस भन्दा अगाडी इन्धन गाढीमा ५० प्रतिशत मात्रै कर्जा लगानी गर्न पाउने व्यवस्था छ । विद्युतीय सवारी साधनमा भने अव ८० प्रतिशतसम्म फाइनान्स रहेकोमा अव ६० प्रतिशत मात्रै फाइनान्स हुने भएको छ । विद्युत गाडीका नाममा वग्रेल्ती भित्रिएका ब्राण्डहरुका कारणले ८०% लगानी वास्तवमा जोखिममय रहेको सुवेदीको भनाइ छ । 

नन डेलिबरेवल कन्ट्रयाक्ट को सिमा प्राथमिक पुँजीको १५% वाट २०% पुऱ्याइएका ले foreign currency का कारणले हुने जोखिमलाई hedging गर्ने सिमा बढेकाले सकारात्मक अवस्था बनेको छ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया