सिद्धार्थ बैंकको लक्जरी बैंकिङलाई नयाँ उचाइमा पुर्याउने 'प्लेटिनम क्रेडिट कार्ड'
- BFIS News
- 2025 Feb Thu 05:32

काठमाडौं। समयको साथसाथै बैंकिङ प्रविधि र सेवाहरू निरन्तर परिष्कृत हुँदै गएका छन्। बैंकिङ क्षेत्रलाई सहज, सरल र ग्राहकमुखी बनाउने उद्देश्यले सिद्धार्थ बैंकले लक्जरी बैंकिङलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित ‘सिद्धार्थ प्लेटिनम क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ।
बैंकिङ मात्र नभई जीवनशैलीलाई उच्चस्तरीय बनाउने सोचका साथ ल्याइएको यस क्रेडिट कार्डले ग्राहकलाई विश्वस्तरीय सुविधाहरू प्रदान गर्नेछ। विशेष गरी, वैदेशिक यात्रा गर्ने, व्यापार व्यवसायमा संलग्न र लक्जरी सेवाहरू चाहने ग्राहकहरूका लागि यो कार्ड अनिवार्य हुन सक्छ।
विदेश यात्रा गर्दा हवाई यात्राको अनुभवलाई अझ सहज र आरामदायी बनाउने उद्देश्यले सिद्धार्थ प्लेटिनम क्रेडिट कार्डमा विशेष सुविधाहरू समेटिएको छ। यो कार्ड प्रयोगकर्ताहरूले वार्षिक दुई पटकसम्म निःशुल्क एयरपोर्ट लाउन्ज सेवा प्राप्त गर्न सक्नेछन्।
विश्वभरका १,५०० भन्दा बढी एयरपोर्टहरूमा उपलब्ध लाउन्ज सेवाबाट ग्राहकहरूले आरामदायी बसाइ, स्वादिष्ट खानपान, निःशुल्क वाइफाइ तथा व्यवसायिक सेवाहरूको फाइदा उठाउन सक्नेछन्। थाइल्यान्ड, मलेसिया, सिंगापुर, कतार, यूएई, चीन, भारत र अष्ट्रेलिया जस्ता गन्तव्यमा बारम्बार यात्रा गर्ने यात्रुहरूका लागि यो सुविधा अत्यन्त उपयोगी हुनेछ।
प्रिमियम बैंकिङको अनुभूति
सिद्धार्थ बैंकको प्लेटिनम क्रेडिट कार्डले ‘प्राथमिक बैंकिङ कार्ड’को रूपमा पनि कार्य गर्दछ। यसका प्रयोगकर्ताहरूले बैंकिङ सेवाहरू झनै छरितो र विशेष सुविधासहित प्राप्त गर्नेछन्। बैंकका शाखा प्रमुख तथा रिलेसनशिप म्यानेजरहरूले समेत विशेष प्राथमिकता दिँदै ग्राहकको सेवा सुविधामा ध्यान दिनेछन्। साथै, छुट्टै काउन्टरको व्यवस्था भएकाले बैंकिङ कार्य झनै सहज हुनेछ।
सिद्धार्थ भिसा प्लेटिनम क्रेडिट कार्ड प्रयोगकर्ताहरूले विभिन्न प्रतिष्ठित रेस्टुरेन्ट, सपिङ स्टोर, होटल, फेसन स्टोर तथा इलेक्ट्रोनिक्स स्टोरहरूमा विशेष छुट पाउनेछन्। बैंकले साझेदार आउटलेटहरूसँग सहकार्य गरी ग्राहकलाई अधिकतम फाइदा दिने उद्देश्य राखेको छ।
UNO कार्ड र UNO मोबाइल एपको सहायताले ग्राहकहरूले आफ्नो कार्ड मार्फत सहज रूपमा कारोबार गर्न सक्नेछन्। यस एप मार्फत विशेष छुट तथा अफरहरूको जानकारी लिन तथा कार्ड मार्फत सहजै कारोबार गर्न सकिने भएकाले यसले प्रविधिमैत्री नयाँ बैंकिङको अनुभव प्रदान गर्नेछ।
यसका लागि सबैभन्दा पहिले UNO मोबाइल एप डाउनलोड गर्नु पर्नेछ। आइफोन हो भने एप स्टोर र एन्ड्रोइड मोबाइल हो भने गुगल प्ले मार्फत यस्तो एप डाउनलोड गर्न सकिन्छ। एप मार्फत आफ्नो सिद्धार्थ भिसा प्लेटिनम क्रेडिट कार्डलाई दर्ता गर्नु पर्नेछ। यस क्रममा एपले मागेका विवरणहरू इन्ट्रि गर्नु पर्छ। एप मार्फत नै उपलब्ध अफरहरू हेर्न सकिनेछ।
आवेदन दिने प्रक्रिया
यस्तो कार्डका लागि आवेदन दिनका लागि ग्राहकको मासिक आम्दानी न्यूनतम १,३३,००० रुपैयाँ हुनु पर्नेछ। इच्छुक ग्राहकहरूले सिद्धार्थ बैंकको सम्पूर्ण शाखा कार्यालयबाट यस्तो कार्डका लागि आवेदन दिन सक्नेछन्। अनलाइनबाटै आवेदन दर्ता गर्न सकिने भएकाले बैंकमा पुग्नै पर्ने झन्झट पनि छैन।
लाउञ्जको सुविधा लिने तरिका
यस्तो सुविधा प्राप्त गर्नका लागि सबैभन्दा पहिले बैंकको वेबसाइट मार्फत लाउञ्जकी (LoungeKey) खाता खोल्नु पर्नेछ। जसमा ग्राहकहरूले आफ्नो अन्तर्राष्ट्रिय ट्राभल कार्डमा उल्लेखित १६ अंकको नम्बर प्रविष्ट गर्नु पर्ने हुन्छ। यसमा आवश्यक व्यक्तिगत विवरणहरू उपलब्ध गराएर दर्ता प्रक्रिया पूरा गर्न सकिन्छ। यसरी लगइन गरी निःशुल्क लाउन्जको सुविधा लिन सकिने बैंकले जनाएको छ। सबै प्रक्रिया पूरा भइसकेपछि क्युआर कोड मार्फत सम्पूर्ण विवरणहरू हेर्न सकिनेछ।
लाउञ्जको वेबसाइट वा मोबाइल एप प्रयोग गरी यस्तो सुविधाहरू खोज्न र प्रयोग गर्न सकिने बैंकले जनाएको छ। लाउञ्ज पुग्नासाथ सम्बन्धित कर्मचारीलाई आफू LoungeKey को ग्राहक भएको जानकारी दिनुपर्नेछ। आवश्यक परेमा केहिलेकाहीं बोर्डिङ पास वा राहदानी समेत प्रस्तुत गर्नु पर्ने हुन सक्छ।
सिद्धार्थ बैंकले सार्वजनिक गरेको यो क्रेडिट कार्ड बैंकिङ क्षेत्रको मात्र नभई नेपाली ग्राहकहरूको जीवनशैलीमा पनि परिवर्तन ल्याउनेछ। बैंकको यो कदमले लक्जरी बैंकिङको परिभाषालाई नयाँ उचाइमा पुर्याउनुका साथै यो नेपाली बैंकिङ बजारमा एउटा नवीन अभ्यासको सुरुवात पनि हो। यसै उपलक्ष्यमा बैंकले यो कार्डको प्रयोगकर्ताहरूलाई प्रारम्भिक चरणमा आकर्षक अफर पनि दिएको छ। बैंकले कार्ड सार्वजनिक भएको उपलक्ष्यमा पहिलो तीन महिनासम्म वार्षिक शुल्क ५००० रुपैयाँमा ५० प्रतिशत छुट दिएको छ।
अब लक्जरी बैंकिङको अनुभव लिन, ट्राभल तथा बैंकिङलाई अझ आरामदायी बनाउन सिद्धार्थ प्लेटिनम क्रेडिट कार्डको सुविधा उपयोग गर्न सकिन्छ।
प्रतिक्रिया