Nepal Life

नेपाल इन्भेष्टमेन्टको ३८ औं साधारणसभा सम्पन्न, लाभांश नपाउदा घर व्यवहार चलाउनै गाह्रो परेको अध्यक्षको गुनासो

National Life
  • BFIS News
  • 2025 Feb Thu 16:28
नेपाल इन्भेष्टमेन्टको ३८ औं साधारणसभा सम्पन्न, लाभांश नपाउदा घर व्यवहार चलाउनै गाह्रो परेको अध्यक्षको गुनासो
RBB

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ३८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ ।

NIMB

सभामा शेयरधनीले लाभांश वितरण नभएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् । शेयरधनीको गुनासोलाई संबोधन गर्दै सञ्चालक समितिका अध्यक्ष पृथ्वी बहादुर पाँडेले ऋणीको ऋण तिर्न सक्ने क्षमतामा आएको ह्रास र नेपाल राष्ट्र बैंकको नीतिका कारण लाभांश वितरण गर्न नसकिएको भन्दै स्पष्टिकरण व्यक्त गरेका छन् ।

बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ । जवकी गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको जगेडा कोषमा ३१ अर्ब ७३ करोड रुपैयाँ जम्मा भइसकेको छ । यो रकम अहिले बढेर ३४ अर्ब पुगिसकेको छ । तर पनि राष्ट्र बैंकले विगत तीन वर्षदेखि लाभांश वितरण गर्न नदिएको प्रति अध्यक्ष पाँडेले शेयरधनी समक्ष दुखेसो पोखेका छन् ।

उनले भने 'हामीले राष्ट्र बैंक समक्ष तीन वर्षदेखि शेयरधनीलाई लाभांश दिन नसक्दा मुख देखाउन गाह्रो परिसक्यो अलिकति भए पनि लाभांश वितरण गर्न दिनुहोस् भन्दा पनि मान्नु भएन । बरु तपाई शेयरधनी पनि राष्ट्र बैंक समक्ष यसका लागि आवाज उठाउनुहोस् ।'

बैंकले एनपिए बिक्री गरेर भए पनि आगामी वर्ष लाभांश दिने प्रयत्न गर्ने अध्यक्ष पाँडेले बताए । उनले बैंक उच्च व्यवस्थापनलाई १० अर्बको एनपिए मध्ये ५० प्रतिशत भए पनि बिक्री गरेर सक्न निर्देशन दिएका छन् । उनले सभालाई संबोधन गर्दै प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले बैंकका लागि अहोरात्र काम गरिरहेको भन्दै अहिलेको अवस्था बैंकको बस भन्दा बाहिर रहेको हुँदा देखिने गरी उपलब्धीहरु हासिल गर्न नसकिएको बताएका छन् ।

उनले भने 'बास्तवममा बैंकिङ सजिलो छैन । मेरो ४४ वर्षको बैंकिङ करिअरमा यस्तो अनुभव गर्नु परेको थिएन । म अध्यक्ष भएर पनि हप्तामा दुई तीन दिन बैंकमै आइरहेको हुन्छु । सबै कुराहरु हेरिरहेको हुन्छु यति गर्दा पनि हामीले हाम्रो कन्ट्रोलमा ल्याउन सकिरहेका छैनौ ।'

सरकारले एफपिओमा अप्रत्यासित रुपमा कर उठाएकाले पनि लाभांश वितरणमा ठुलो समस्या आएको भन्दै दुख व्यक्त गरेका छन् । उनले भने 'विश्वमै एफपिओमा कर लाग्ने व्यवस्था छैन । भारतमा पनि सरकारले कर लगाउन खोज्दा अदालतले उल्टाइदिएको थियो । यति मात्रै होइन यहि बैंकिङ क्षेत्रले मुनाफाको ३० प्रतिशत कर तिर्नु पर्छ । हामीले लगभग ४७ प्रतिशत कर तिर्नु पर्छ । सरकारले चाँही जस्तो सुकै अवस्थामा कर उठाउन हुने अनि हामी लगानीकर्ताले लाभांश लिन नपाउने व्यवस्थाले सबैभन्दा पिडित मै छु ।' उनले थपे, हामीले घर गाडी बेचेर बैंकमा लगानी गरेका हौ । यहिबाट लाभांश लिएर घर व्यवहार चलाउछौ । अव भन्नुहोस् हाम्रो अवस्था कस्तो होला ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया