Nepal Life

नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालकमा कवि कुमार र सालिक राम निर्वाचित, अध्यक्ष पाँडे सहित चार संस्थापक निर्विरोध

National Life
  • BFIS News
  • 2025 Feb Fri 07:13
नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालकमा कवि कुमार र सालिक राम निर्वाचित, अध्यक्ष पाँडे सहित चार संस्थापक निर्विरोध
RBB

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सर्वसाधारण शेयरधनी समुह तर्फको भएको निर्वाचनमा कवि कुमार टिवरेवाला र शालिक राम बेलबासे निर्वाचित भएका छन् । फागुन १५ गते सम्पन्न वार्षिक साधारणसभा पश्चात भएको निर्वाचनमा सर्वसाधारण शेयरधनी समुहको तर्फबाट कवि कुमार टिवरेवाला, शालिक राम बेल्वासे, विकाश थापा, बरुण श्रेष्ठ, बन्दना पाठक र बन्दना थापाहरु विचमा निर्वाचन भएको थियो ।

 

NIMB

संस्थापक समुह तर्फबाट पनि पृथ्वी बहादुर पाँडे सहित दिपंकर शाक्य उदय, पर्वत कुमार कार्की, प्रजन्य राजभण्डारी, सूर्य प्रकाश लाल श्रेष्ठ, किरण प्रकाश पाण्डे र मदन कुमार आचार्यको उम्मेदवारी परेकोमा  दिएका छन् । पर्वत कुमार कार्की, सूर्य प्रकाश लाल श्रेष्ठ र किरण प्रकाश पाण्डेले उम्मेद्वारी फिर्ता लिएका थिए । यस सँगै पृथ्वी बहादुर पाँडे (छाँया इन्भेषेटमेन्ट प्रा.लि), दिपंकर शाक्य विनय, प्रजन्य राज भण्डारी (के.यु.पि इन्भेष्टमेन्ट प्रालि) र मदन कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् ।  

बैंकको ३७ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको निर्वाचन गराउन खोज्दा अदालतमा मुद्दा परेको थियो । जसले गर्दा एक वर्षसम्म निर्वाचन हुन नसके पनि जसले मुद्दा हालेका थिए उनैले पछि मुद्दा फिर्ता पनि लिए । यस सँगै साविक नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक विचको मर्जर पछि बनेको नेपाल इन्भेष्टमेन्ट बैंकले निर्वाचित सञ्चालक प्राप्त गरेको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया