Nepal Life

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाद्वारा व्यावसायिक पशुपालन तालिम सम्पन्न

NMB Bank
  • BFIS News
  • 2025 Mar 02 11:28
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाद्वारा व्यावसायिक पशुपालन तालिम सम्पन्न
National Life

रुपन्देही, मेहथावल— सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय मेहथावलले आफ्ना  ११५ जना सेवाग्राहि सदस्यहरूलाई एकदिने सिपमूलक व्यावसायिक पशुपालन तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

Shikhar
NIMB

संस्थाको शाखा कार्यालय मेहथावलका शाखा प्रमुख इन्द्रेश कुमार महतोको अध्यक्षतामा सञ्चालन भएको उक्त तालिम कार्यक्रममा सियारी गाउँपालिकाका पुर्व अध्यक्ष एवंम मैनहिया उच्च माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अयोध्या थारु प्रमुख अतिथि रहेका थिए भने सोहि विद्यालयका प्रधानाध्यापक विष्णु गौतम तथा शिक्षक शिवकुमार माली अतिथि रहेका थिए । 

कार्यक्रममा संस्थाको केन्द्रिय कार्यालयको तर्फबाट अनुगमन अधिकृत बिकास आचार्य र शाखा कार्यालय परासीका शाखा प्रमुख कृष्ण मुरारीलाल माली उपस्थित भएका थिए । कार्यक्रममा अनुगमन अधिकृत बिकास आचार्यले संस्थाको परिचय, लघुवित्तले प्रवाह गर्ने सेवा र नेपाली समाजमा लघुवित्त कार्यक्रमको आवस्यकता तथा महत्व माथी प्रकाश पार्दै सहभागीहरुलाई  स्वागत सहितको आफ्नो प्रस्तुति राखेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि अयोध्या थारुले गरिब तथा बिपन्न, न्युन आय भएको समुदायमा लघुवित्त कार्यक्रमले वित्तीय पहँचमा ठुलो योगदान गर्नुका साथै महिला सशक्तिकरणमा महत्वपुर्ण योगदान गरेको विषयमा चर्चा गर्दै यस्ता सिपमुलक तालिम कार्यक्रमले सुनमा सुगन्ध थपेको हुँदा नियमित प्रभावकारी तालिम सञ्चालन गर्न समेत आग्रह गरेका थिए । 

सोहि कार्यक्रममा रु १००,००० कर्जा लिइ असामायिक दुखत निधन भएकि ऋण ग्राहि सदस्य जानकी यादवका परिवारजनलाई बिमा दावि वापतको रकम रु ११०००० बराबरको चेक हस्तान्त्रण गरिएको थियो ।

तालिम कार्यक्रमका प्रशिक्षक त्रिलोचन दहालले व्यावसायिक रुपमा पशुपालनको सम्भावना र चुनौति बजार व्यावस्थापन, पशु चपायामा लाग्ने रोग तथा उपचार, उपयुक्त नश्ल, दाना तथा घाँसको व्यावस्थापन सम्बन्धि विस्तृत जानकारी प्रदान गरेका थिए । 

तालिम कार्यक्रमका सहभागीहरूले तालिम कार्यक्रम प्रभाकारी रहेको प्रतिक्रिया दिएका थिए । तालिम कार्यक्रमले पशुपालन व्यवसाय प्रवद्र्धन गर्न महत्वपूर्ण ज्ञान तथा सिप प्रदान गरेको विश्वास गरिएको परासी शाखाको शाखा प्रमुख कृष्ण मुरारिलाल मालीले जानकारी दिए । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया