नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पन्त, महासचिवमा थपलिया सहित यस्तो बन्यो कार्यसमिति

  • BFIS News
  • 2023 Sep Fri 13:39
नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पन्त, महासचिवमा थपलिया सहित यस्तो बन्यो कार्यसमिति

काठमाडौं । नेपाल वित्तीय संस्था संघको अध्यक्षमा आइसीएफसी फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनिल बाबु पन्त सर्वसम्मत निर्वाचित भएका छन् ।

शुक्रबार पोखरामा सम्पन्न संघका २७ औं र २८औं वार्षिक साधारण सभाबाट आइसीएफसीका सीइओ पन्त अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि गुडवील फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले संघको अध्यक्ष थिए । 

संघको बरिष्ठ उपाध्यक्षमा पोखरा फाइनान्सका रविचन्द्र गुरूङ, उपाध्यक्ष रजोजमान श्रेष्ठ र महासचिव नेपाल फाइनान्सका उद्धव थपलिया र कोषाध्यक्षमा मन्जुश्री फाइनान्सका नारायण सुवेदी निर्वाचित भएका छन् ।

संघको सदस्यहरू अनिल श्रेष्ठ (प्रोगेसिभ फाइनान्स), सन्तोष घिमिरे (गोर्खाज फाइनान्स), राजेश श्रेष्ठ (गुहेश्वरी मर्चेन्ट फाइनान्स), टिकानिधी दाहाल (समृद्धी फाइनान्स) र समाज प्रकाश श्रेष्ठ (रिलायन्स फाइनान्स) चयन भएका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया