Nepal Life

कुमारी बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबिच सम्झौता

National Life
  • BFIS News
  • 2025 Mar Mon 18:12
कुमारी बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबिच सम्झौता
RBB

काठमाडौं । कुमारी बैंक लिमिटेड र बालुवाटार, काठमाण्डौस्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रा.लि. बिच कुमारी बैंकका ग्राहकहरुलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

NIMB

यस सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्यथोलोजी टेस्टमा १०%, एमआरआइ (MRI), एक्स-रे (X-Ray), म्यामाेग्राम (Mammogram), अल्ट्रासाेनाेग्राफी (Ultrasonography), यूएसजी कलर डाेपलर (USG Colour Doppler), बाेन मिनलर डेन्सिटी टेष्ट (Bone Mineral Density Test (BMD)), डेन्टल अर्थाेप्यान्टाेमाेग्राम (Dental Orthopantomogram (OPG)) र काेन बीम कम्प्यूटेड टाेमाेग्राफी (Cone Beam Computed Tomography (CBCT) ), इकाे कार्डियाेग्राफी(Echo Cardiography), इलेक्ट्राे कार्डियाेग्राम (Electro Cardiogra)मा ५% तथा फार्मेसीमा ५% देखि १०% सम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

कुमारी बैंककाे देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेका छन् । बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया