एनआइसी एशियाबाट फण्ड ट्रान्सफर गर्दा हरेक साता एक जनालाई स्मार्टफोन

  • BFIS News
  • 2023 Sep Fri 13:59
एनआइसी एशियाबाट फण्ड ट्रान्सफर गर्दा हरेक साता एक जनालाई स्मार्टफोन

काठमाडौं । एनआइसी एशिया बैंकले कनेक्ट आइपिएससँँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग ग्राहकहरुका लागि “फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा” अफर सार्वजनिक गरेको छ ।

सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोवाइल बैकिङ्ग ग्राहकले यस बैंकको मोबाइल बैकिङ्ग एप प्रयोग गरी कनेक्ट आइपिएस मार्फत फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नुहुनेछ । भदौ १७ गतेदेखि असोज २० गतेसम्म लागु हुने उक्त अफर अन्तर्गत एकजना ग्राहकलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिने छ) ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिनेछ र उक्त विजेताको जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिनेछ ।

फण्ड ट्रान्सफर गर्न आफ्नो मोवाइल बैंकिङ्ग सेवा एपमा लगइन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको फण्ड ट्रान्सफर अप्सनमा क्लिक गरेर Other Banks Using ConnectIPS छनौट गर्नुपर्छ । यसरी फण्ड ट्रान्सफर गर्दा कनेक्ट आइपिएस मा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन । फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास बैंकले लिएको छ ।

हाल २४ लाखभन्दा बढि मोवाइल बैंकिङ्ग ग्राहकहरुले मोबाइल एप प्रयोग गरिरहनु भएको छ भने मोवाइल बैकिङ्गमा रहेको कनेक्ट आइपीएस मार्फत प्रति दिन प्रति कारोबार ३ लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिन्छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया