Nepal Life

के तपाईंलाई थाहा छ हकप्रद शेयर निष्काशनले प्रतिशेयर आम्दानीलाई कसरी प्रहार गर्छ ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Fri 14:37
के तपाईंलाई थाहा छ हकप्रद शेयर निष्काशनले प्रतिशेयर आम्दानीलाई कसरी प्रहार गर्छ ?
Sanima Reliance

काठमाडौं । जलविद्युत कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्ने क्रम बढ्दो छ । कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भन्ने वित्तीकै दोस्रो बजारमा लगानीकर्ताको आकर्षण अत्याधिक धेरै हुन्छ । जवकी हकप्रद शेयरमा लगानीकर्ता आफैले लगानी गर्नु पर्छ ।

NIMB

विद्यमान शेयरधनीहरुको खरिद गर्ने पहिलो हक हुने गरी उनीहरुलाई समानुपातिक रुपमा शेयर बिक्री गर्न जारी गरिने थप शेयरलाई हकप्रद शेयर (राइट सेयर) भनिन्छ ।

हकप्रद शेयर निष्काशन गर्ने वित्तीकै कम्पनीको चुक्ता पूँजी बढ्छ । चुक्ता पूँजी बढे अनुसार आम्दानी बढ्यो भने त राम्रै हो तर आम्दानी उहि रहेको अवस्थामा प्रतिशेयर आम्दानीमा व्यापक गिरावट हुन्छ । बजार विश्लेषक ज्ञान गौचनका अनुसार विद्यामान जलविद्युत कम्पनीहरुले हकप्रद शेयर निष्काशन पछि चमत्कार गरेर प्रतिशेयर आम्दानी बढाउने सम्भावना एकदमै न्युन हुन्छ ।

उदाहरणका लागि अपर तामाकोसीको पछिल्लो रिपोर्ट अनुसारको प्रतिशेयर आम्दानी ३५ रुपैयाँले ऋणात्मक छ । कुल आम्दानीलाई जम्मा शेयर संख्याले भाग गर्दा कम्पनीको प्रतिशेयर आम्दानी निष्कन्छ ।

अपर तामाकोशीले निष्काशन गरेको सत प्रतिशत हकप्रद शेयर दोस्रो बजारमा सूचिकृत भएर आउदा शेयर संख्या दोब्बरले बढ्न जान्छ । कम्पनीको आम्दानी गत आर्थिक वर्षको जति नै हुने हो भने प्रतिशेयर आम्दानी उल्टो ७० रुपैयाँले ऋणात्मक हुन जान्छ । हकप्रद निष्काशन पछि प्राप्त भएको पूँजीलाई दीर्घकालिन कर्जा भुक्तानीमा प्रयोग गरियो भने त्यस बापतको व्याज खर्च कम हुन जान्छ । यसले मुनाफामा केहि मद्दत गर्छ । तै पनि त्यो पूँजी उत्पादनशिल क्षेत्रमा वा आम्दानीका क्षेत्रमा लगानी नभएको हुँदा त्यसले भविष्यमा कम्पनीको प्रतिशेयर आम्दानीमा झन् ठुलो प्रभाव पार्छ ।

अपर तामाकोशी मात्रै नभएर यस अवधिमा जति पनि जलविद्युत कम्पनीहरुले हकप्रद शेयर निष्काशन गरेका छन् सबैको हालत यस्तै हो । हकप्रद शेयर निष्काशन गरेका राधी विद्युत कम्पनी, हिमाल दोलाख हाइड्रोपावर, नेशनल हाइड्रोपावर, अरुण काबेली, सिनर्जी पावर, अपर तामाकोशीको शेयर संख्या बढेको छ । यसको असर शेयरधनीलाई मात्रै नभएर दोस्रो बजारमा पनि पर्नेछ । हकप्रद शेयर निष्काशन पछि सम्बन्धित कम्पनीको शेयर सप्लाइ पनि बढ्छ । शेयर सप्लाइ बढ्नु भनेको कम्पनीको मूल्यमा चाप पर्नु हो । यसले गर्दा हकप्रद शेयर निष्काशन गरेका कम्पनीहरुले भविष्यमा उल्लेख्य प्रतिफल आर्जन गरेर प्रतिशेयर आम्दानी नबढाएसम्म बजारले सकारात्मक प्रतिक्रिया दिनेवाला छैन ।

त्यसैले हकप्रद शेयर निष्काशनको पछि लागेर शेयर खरिद गर्नु भनेको दीर्घकालिन रुपमा ठुलो नोक्सानी बेहोर्नु हो । हकप्रद शेयरको हल्लामा हिजोका दिनमा ८/९ सय रुपैयाँमा अपर तामाकोशी शेयर खरिद गर्नेले अहिले नै ठुलो नोक्सानी बेहोर्नु परिसकेको छ । त्यस्तै कुनै समयमा नेशनल हाइड्रोपावरको शेयर ५ सय हाराहारी पुगेको थियो । अहिले १३७ रुपैयाँमा झरेको छ । यस अवधिमा शेयरधनीको शेयर संख्या त बढ्यो तर मूल्य धेरै कम छ । अर्को तर्फ प्रतिशेयर आम्दानी पनि धेरै कम हुने निश्चित छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया