NIMB Header 2
Nepal Life

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाद्वारा व्यावसायिक बाख्रा पालन  तालिम सम्पन्न

National Life
  • BFIS News
  • 2025 Mar 09 10:14
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाद्वारा व्यावसायिक बाख्रा पालन  तालिम सम्पन्न
Sanima Reliance

नवलपरासी , परासी — सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय परासीले आफ्ना  करिब ७५  जना सेवाग्राहि सदस्यहरूलाई एकदिने सिपमूलक व्यावसायिक बाख्रा पालन तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

Shikhar
NIMB

संस्थाको शाखा कार्यालय परासी द्वारा संचालित केन्द्र नं १८.०४६ कि सदस्य लक्ष्मी कुमारी चौधरीको अध्यक्षतामा सञ्चालन भएको उक्त तालिम कार्यक्रममा रामग्राम नगरपालिकाको कार्यबाहक नगरप्रमुख सम्झना चौधरी प्रमुख अतिथि रहेका थिए भने सोहि नगरपालिकाको वडा नं ५ को वडा अध्यक्ष रामवृक्ष यादव अतिथि रहेका थिए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय नवलपरासीको प्रतिनिधि गुरु प्रसाद न्यूपाने अतिथि रहेका थिए । कार्यक्रममा संस्थाको केन्द्रिय कार्यालयको तर्फबाट आन्तरिक लेखा परीक्षक अन्तर्गत रही स्टेशन कार्यालय सुनवलमा कार्यरत बिमल कोइराला तथा सोहि स्टेशनको अनुगमन अधिकृत जय कृष्ण जोशी  र शाखा कार्यालय परासीका शाखा प्रमुख कृष्ण मुरारीलाल माली संगै नवलपरासी जिल्लाको अन्य शाखाको शाखा प्रमुख तथा अन्य कर्मचारुको  उपस्थिती रहेको थियो । 

उक्त सिपमुलक तालिमको प्रशिक्षक डा. सुमित सिंह जी.सीको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा संस्थाको शाखा कार्यालय गोपिगंजको शाखा प्रमुख बिष्णु प्रसाद भण्डारीले स्वागत मन्तब्य राखेका थिए । अधिकृत बिमल कोइरालाले संस्थाको परिचय दिएका थिए ।

शाखाको अनुगमन अधिकृत जय कृष्ण जोशीले सदस्य कल्याण कोष तथा संस्थागत समाजिक उत्तरदायित्व कोषबारे जानकारी दिएका थिए ।  शाखा प्रमुख कृष्ण मुरारीलाल मालीले लघुवित्तले प्रवाह गर्ने सेवा, कर्जा, बचत, कर्जा बीमा, सुत्केरी स्याहार, शाखाको प्रगति विवरण  र नेपाली समाजमा लघुवित्त कार्यक्रमको आवस्यकता तथा महत्व माथी प्रकाश पार्दै आफ्नो प्रस्तुति राखेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि सम्झना चौधरीले  गरिब तथा बिपन्न, न्युन आय भएको समुदायमा लघुवित्त कार्यक्रमले वित्तीय पहँचमा ठुलो योगदान गर्नुका साथै महिला सशक्तिकरणमा महत्वपुर्ण योगदान, लघुवित्त बिरुद्ध संघर्ष समितिले पारेको भरमको घोर निन्दा गर्दै बैंक वित्तीय संस्था बाट लिएको कर्जा सरकारले मिनाहा नगर्ने  विषयमा प्रष्ट पार्दै  यस्ता सिपमुलक तालिम कार्यक्रमले सुनमा सुगन्ध थपेको हुँदा नियमित प्रभावकारी तालिम सञ्चालन गर्न समेत आग्रह गरिन् । अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सम्पूर्ण सहभागीहरुलाई शुभकामना दिई उनले आफ्नो मन्तब्य टुंग्याएकी थिइन् । 

सोहि कार्यक्रममा संस्थाले संस्थागत समाजिक उत्तरदायित्व कोष बाट जिल्ला प्रहरी कार्यालय को प्रतिनिधि ज्यूलाई १० थान ट्राफिक सेफटी बेल्ट वितरण गरेको छ भने मिति २०८१/११/२५ गते संस्थाको बार्षिक उत्सव रहेको र  सोको उपलक्ष्यमा स्टेशन कार्यालय सुनवल मा भब्य कार्यक्रम राखेको छ र सोहि बार्षिक उत्सव को उपलक्ष्यमा नवलपरासी जिल्लाको सुनवल नगरपालिका भित्र रहेको इलाका प्रहरी कार्यालय सुनवललाई कुर्सी तथा फोहोरदानी र रामग्राम नगरपालिका तथा पल्हिनान्दन गाउँपालिका भित्र रहेको बिभिन्न ईलाका प्रहरी कार्यालय तथा बिभिन्न चौकी गरि ३० थान ट्राफिक सेफटी बेल्ट वितरण गर्ने भनि शाखाको लेखापाल तथा कार्यक्रम संचालक सैलेन्द्र चौधरीले जानकारी दिए । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया