प्रभु बैंकको मोबाइल बैंकिङ प्रयोग गर्दा डाटा खर्च नहुने

  • BFIS News
  • 2023 Sep Fri 14:58
प्रभु बैंकको मोबाइल बैंकिङ प्रयोग गर्दा डाटा खर्च नहुने

काठमाडौं । प्रभु बैंकको मोबाइल बैंकिङ प्रयोग गर्दा डाटा खर्च नहुने भएको छ । बैंकले मोबाइल बैंकिङ सेवा प्रयोग गर्दा मोबाईल डाटा खर्च नहुने तथा डाटा शुल्क नलाग्ने व्यवस्था मिलाएको हो ।

नेपाल टेलिकम वा एनसेलको सिम भएका ग्राहकहरुले मोबाइल डाटाको शुल्क नलाग्ने तथा डाटा खर्च नहुने मिलाइएको बैंकले जनाएकव छ । डाटा नभएर तथा मोबाइल डाटा प्रयोग गर्दा धेरै खर्च हुने अवस्थालाई मध्यनजर गर्दै यस्तो सुविधा ल्याएको हो ।

मोबाइल बैंकिङ मार्फत क्यासलेस बैंकलाई प्रोत्साहित गर्नका लागि यसले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बैंकले जनाएको छ । किराना पसलदेखि खुद्रा भुक्तानीको रकम भन्दा मोबाइल डाटाको खर्च धेरै हुने भएकाले ग्राहकहरुले चाहेर पनि मोबाइल बैंकिङको प्रयोग गर्ने गरेका छैनन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया