कृषि विकास बैंकले सुरु गर्यो नयाँ भर्जन सहितको मोबाइल बैंकिङ, सम्पुर्ण सुविधा मोबाइलबाटै

  • BFIS News
  • 2023 Sep Fri 16:35
कृषि विकास बैंकले सुरु गर्यो नयाँ भर्जन सहितको मोबाइल बैंकिङ, सम्पुर्ण सुविधा मोबाइलबाटै

काठमाडौं । कृषि विकास बैंकले नयाँ भर्सन सहित मोबाइल बैंकिङ सिस्टमलाई अपग्रेड गरेको छ। बैंकका करिब ५ लाख मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसाबले आकर्षक इन्टरफेससहित मोबाइल बैंकिङको नयाँ भर्सन एडीबीएल स्मार्ट प्लस जारी गरेको हो । 

बैंकको नयाँ भर्जन एडीबीएल स्मार्ट प्लस मोबाइल बैंकिङमा निम्नबमोजिमका सुविधा रहने बैंकले जनाएको छ। 

  • मोबाइल बैंकिङको युजर पासवर्ड प्रयोग गरी वेबबाट लगइन गर्न सकिने र यसरी लगइन गर्दा इन्टरनेट बैंकिङ सेवासरहको भुक्तानी सीमा कायम हुने।
  • बैंकले उपलब्ध गराएका डेविट कार्ड, मुद्दति खाता, व्यक्तिगत कर्जालगायतका सेवाहरुको ब्याजदर, कारोबार रकम तथा म्याचुरिटी डेट हेर्न सकिने।
  • विभिन्न वालेटहरुमा व्यालेन्स लोड गरी कारोबार गर्न सकिने।
  • मोबाइलको लेआउटमा पर्याप्त ध्यान दिई सेवाग्राहीका लागि सजिलो युजरइन्टरफेस तयार गरिएको। 
  • ग्राहक सेवामा देखिएका समस्याहरु तथा जानकारीहरु सम्प्रेषण गर्न सकिने गरी कस्टमर फिडब्याकसम्बन्धी व्यवस्था गरिएको। 
  • कारोबारको डिप्युटलज गर्न सकिने
  • बैंकले उपलब्ध गराएको डेबिट कार्ड हराएमा वा चोरी भएमा मोबाइल बैंकिङबाट कार्ड ब्लकका लागि अनुरोध गर्न सकिने। 
  • डेबिट कार्डको पिन बिर्सेमा पुनः अनुरोध गर्न सकिने। 
  • चेक बुक तथा बैंक विवरण अनुरोध गर्न सकिने। 
  • बचत खातामा भएको रकमबाट मुद्दति खाता खोल्न सकिने। 
  • रजिस्ट्रेसन गर्दाका बखत नै विभिन्न क्वेइसेनहरु सेट गरी मोबाइल बैंकिङ कारोबारलाई थप सुरक्षित गर्न सकिने। 
  • टु वे अथेन्टिकेसन गरी कारोवारको सुरक्षा गर्न सकिने। 
  • खातावालाको प्रोफाइल, खाताको विवरण, कारोबारको विवरणलगायत अन्य क्विक पेमेन्ट्ससम्बन्धी फिचरहरु थप भएको। 
  • बैंकका विभिन्न सेवाहरुको जानकारी प्राप्त गर्न सकिने व्यवस्था भएको। 
  • विभिन्न मर्चेन्टहरुको बिल भुक्तानी गर्न सकिने। 
  • अनलाइन अकाउन्ट, ब्याजदर, ब्रान्च नेटवर्कलगायत बैंकका विभिन्न सेवाहरुको जानकारी लिन सकिने। 
  • रजिस्टर्ड मोबाइलबाट ग्राहकले मोबाइल बैंकिङ सेवा बन्द गर्न चाहेमा ब्लक लेखी ३२४२५ मा एसएमएस पठाएर सेवा रोक्का गर्न सकिने। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया