Nepal Life

सात महिनामा बैंकहरुले कर्मचारीलाई छुट्टाए ६ अर्ब ११ करोड बोनस, कुन बैंकको कति ? (सूचिसहित)

National Life
  • BFIS News
  • 2025 Mar Thu 08:58
सात महिनामा बैंकहरुले कर्मचारीलाई छुट्टाए ६ अर्ब ११ करोड बोनस, कुन बैंकको कति ? (सूचिसहित)
RBB

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिना (साउनदेखि माघसम्म) सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले ६ अर्ब ११ करोड रुपैयाँ कर्मचारीलाई बोनस दिन बजेट छुट्याएका छन् । बैंकहरुले अहिले छुट्टाएको बोनस रकम आर्थिक वर्ष समाप्त भए पछि मात्रै प्राप्त गर्नेछन् । बोनस ऐन २०३० को दफा ५ अनुसार कुनै पनि प्रतिष्ठानले खुद नाफाको १० प्रतिशत रकम बोनस वितरणका लागि छुट्याउनुपर्छ।

NIMB

चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा बैंकहरुले ३९ अर्ब ८९ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । बैंकहरुले उक्त मुनाफाबाट ६ अर्ब ११ करोड रुपैयाँ बोनस प्रोभिजनिङ गरेका छन् । बैंकहरु मध्ये सबैभन्दा धेरै नविल बैंकले ६३ करोड ६६ रुपैयाँ दिने भएको छ । नबिल बैंकले ४ अर्ब १ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । 

दोस्रो धेरै बोनस ग्लोबल आइएमई बैंकका कर्मचारीले ६० करोड छुट्टाएको छ । बैंकले तीन अर्ब ८९ करोड रुपैयाँ मुनाफाबाट बोनस रकम प्रोभिजनिङ गरेको हो । तेस्रो धेरै बोनस रकम नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५४ करोड ६४ लाख रुपैयाँ बोनस रकम प्रोभिजनिङ गरेको छ । बैंकले ७ महिनामा तीन अर्ब ४३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । 

एभरेष्ट बैंकले ७ महिनामा ४२ करोड ३९ लाख रुपैयाँ बोनस छुट्टाएको छ । बैंकले २ अर्ब ५७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । एनएमबी बैंकले ३६ करोड ९६ लाख रुपैयाँ बोनस प्रोभिजनिङ गरेको छ । प्रभु बैंकका कर्मचारीले ७ महिनाको मुनाफाबाट ३९ करोड ९६ लाख रुपैयाँ बोनस प्रोभिजनिङ गरेको छ । 

हेर्नुहोस् कुन बैंकको कति सूची 

 

 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया