Nepal Life

सिद्धार्थ बैंकद्धारा एएमएल व्यवस्थापनका लागि मनीपाल टेक्नोलोजिजसँग सम्झौता

National Life
  • BFIS News
  • 2025 Mar Fri 11:25
सिद्धार्थ बैंकद्धारा एएमएल व्यवस्थापनका लागि मनीपाल टेक्नोलोजिजसँग सम्झौता
RBB

काठमाडौं, फागुन २७ । ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका
लागि सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेड बीच सम्झौता भएको छ ।

NIMB

यस पहलले सम्पत्ति शुद्धिकरण निवारण (AML) प्रविधिको सुदृढिकरण गरी नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकता अनुरूप वित्तीय अपराधको जोखिमलाई न्यूनीकरण गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास बैंकले लिएको छ ।

यस सोलुसनले सिद्धार्थ बैंकलाई कृत्रिम बुद्धिमत्ता (AI) र मेसिन लर्निङ (ML) को प्रयोग गरी कारोबार अनुगमन, ठगी नियन्त्रन तथा गा्रहक पहिचान पद्धति अवलम्बन गर्न सक्षम बनाउनेछ ।

सिद्धार्थ बैंकले मनीपाल टेक्नोलोजिजसँगको सहकार्यमा सम्पत्ति शुद्धिकरण निवारण (AML) प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य लिएको छ । साथै यस पहलले बैंकिङ उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया