जुन शिर्षकमा कर्जा लिएको हो त्यहि शिर्षकमा लगानी गर्न राष्ट्र बैंकको निर्देशन, कर्जा दुरुपयोग गर्नु दण्डनिय कार्य हो

  • BFIS News
  • 2023 Sep Fri 17:39
जुन शिर्षकमा कर्जा लिएको हो त्यहि शिर्षकमा लगानी गर्न राष्ट्र बैंकको निर्देशन, कर्जा दुरुपयोग गर्नु दण्डनिय कार्य हो

काठमाडौं । नेपाल राष्ट्र बैंकले भिडियो सन्देश जारी गर्दै जुन शिर्षकमा कर्जा लिने हो सोही शिर्षकमा लगानी गर्न सबैलाई आह्वान गरेको छ ।

बैंकबाट कर्जा लिएर बैदेशिक रोजगार तथा अध्ययनमा खर्च गरिरहेको सन्दर्भलाई संकेत गर्दै राष्ट्र बैंकले यस्तो काम दण्डनिय हुने जनाएको छ । कुखुरा पालन गर्ने भनेर लिइएको कर्जा दुरुपयोग गरी छोराछोरीलाई विदेश पठाउन प्रयोग गरिरहेको तितो यथार्थलाई भिडियोमा देखाइएको छ ।

यदि बैंकले दिएको कर्जा सहि ढंगले उपयोग गरिएको नदेखिएमा बैंकले तुरुन्त असुली सम्बन्धी कारबाही अगाडी बढाउन सक्ने कानुनी व्यवस्थालाई पनि ध्यान दिन सुझाइएको छ । बैंकले तुरुन्त असुली सम्बन्धी कारबाही गर्न पत्र काट्ने भएकाले यसमा ध्यान दिनु पर्ने राष्ट्र बैंकले प्रष्ट पारेको छ ।

जुनसुकै कर्जा लिदा कर्जा तिर्ने व्यवहारिक योजना र स्रोत हुनु पर्ने भन्दै राष्ट्र बैंकले सबैलाई ध्यानाकर्षण गराएको छ । जुन शिर्षकमा कर्जा लिएको हो सोही शिर्षकमा लगानी गर्नु पर्ने भन्दै राष्ट्र बैंकले कर्जा दुरुपयोग गर्नु दण्डनिय कार्य भएको जनाएको छ ।

भिडियो सन्देश

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया