Nepal Life

महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी क्यालेन्डर २०८२”  को डिजिटल संस्करण सार्वजानिक

National Life
  • BFIS News
  • 2025 Mar Sun 21:14
महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी क्यालेन्डर २०८२”  को डिजिटल संस्करण सार्वजानिक
RBB

काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा “महालक्ष्मी क्यालेन्डर २०८२” को डिजिटल संस्करण बैंकको केन्द्रिय कार्यालय, दरबारमार्गमा आज आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । 

NIMB

परम्परागत रुपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्धेश्य अनुरुप डिजिटल संस्करण सार्वजनिक गरिएको हो । महत्वपुर्ण चाडपर्वहरु, तिथि, विदा, शुभ साइत तथा विक्रम संवत, नेपाल संवत तथा अंगे्रजी संवतको मितिहरु लगायतका सम्पूर्ण  विषयवस्तुहरु डिजिटल क्यालेन्डरमा समावेश गरिएको छ । नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरुको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरुको संस्कृतीलाई सम्र्बद्धन तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।  

महालक्ष्मी क्यालेन्डर २०८२ यस बैंकको आधिकारिक वेभसाइट मार्फत वा तल उल्लेखित लिंक मार्फत हेर्न/डाउनला्ड गर्न सकिनेछ ।

क्यालेन्डरखोल्न यहाँ क्लिक गर्नुहोस्

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी”  सञ्चालनमा ल्याएको छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया