सिद्धार्थ बैंकद्वारा “Topup/Fonepay Direct गरौँ, बम्पर उपहार जितौँ” अभियान सुरू, आइफोन १६ जित्ने मौका
- BFIS News
- 2025 Mar Mon 14:40

काठमाडौं, चैत्र ३ गते । सिद्धार्थ बैंकले एफ १ सफ्ट र फोनपे सँगको सहकार्यमा 'Topup / Fonepay Direct गरौँ, बम्पर उपहार जितौँ !' नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउने छन् । ग्राहकहरुले बम्पर उपहार बापत iPhone 16 जित्ने छन् ।
यस अभियानले ग्राहकहरूलाई Siddhartha BankSmart XP मोबाइल बैंकिङ एप मार्फत डिजिटल कारोबार गर्न प्रोत्साहित गर्नेछ । मोबाइल टपअप र Fonepay Direct कारोबारलाई प्रवर्द्धन गर्दै, बैंकले डिजिटल बैंकिङ सेवालाई अझ सहज, सुरक्षित र पहुँचयुक्त बनाउने लक्ष्य राखेको छ ।
अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा रु १०० को मोबाइल टपअप र रु ५०० को Fonepay Direct कारोबार अभियान अवधिभित्र पूरा गर्नुपर्नेछ । यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि स्वतः योग्य हुनेछन् ।
यस अभियान अन्तर्गत, प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताहरूले रु. १०० को मोबाइल टपअप जित्न सक्ने छन् । साथै, अभियान समाप्त भएपछि एक जना भाग्यशाली विजेताले नयाँ iPhone 16 जित्ने अवसर प्राप्त गर्नेछन् । यो अभियान २०८१ चैत्र १ देखि चैत्र ३१ सम्म सञ्चालन हुनेछ । सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा सहभागी भई यो सुनौलो अवसरको फाइदा लिन आग्रह गरेको छ ।
ग्राहकहरुले यस विषयमा थप जानकारी लिनका लागि बैंकले २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा सम्पर्क गर्न सकिनेछ । बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया