Nepal Life

सांग्रीला डेभलपमेन्ट बैंकद्वारा ‘सांग्रीला क्विज-२०८१’ सम्पन्न

NMB Bank
  • BFIS News
  • 2025 Mar 18 13:29
सांग्रीला डेभलपमेन्ट बैंकद्वारा ‘सांग्रीला क्विज-२०८१’ सम्पन्न
National Life

काठमाडौं, २४ फागुन २०८१ – सांग्रीला डेभलपमेन्ट बैंकले आफ्ना शाखाका कर्मचारीहरूको व्यावसायिक विकास अभिवृद्धि गर्ने उद्देश्यसहित वार्षिक रूपमा आयोजना गर्दै आएको ‘शांग्रीला क्विज-२०८१’ को अन्तिम चरण ‘कन्ट्री राउन्ड’ सम्पन्न भएको छ।

Shikhar
NIMB

यो प्रतिस्पर्धा शनिबार, २४ फागुन २०८१, काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा सम्पन्न भएको थियो। बैंकले आफ्ना कर्मचारीहरूको ज्ञान, सीप र टोलीभावनालाई मजबुत बनाउन तथा व्यावसायिक उन्नति अभिवृद्धि गर्न यस कार्यक्रमको आयोजना गर्दै आएको छ।

प्रतियोगितामा काठमाडौं क्लस्टरले पहिलो स्थान हासिल गसरेको छ । काठमाडौं क्लस्टरमा सञ्जु कुमारी श्रेष्ठ र सुकीर्ति सुवेदी थिए । प्रथम स्थान हासिल गर्ने विजेताहरुलाई ६० हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मान गरिएको छ । त्यस्तै उपविजेता सुर्खेत सब-क्लस्टर बनेको छ । यसमा हेमन्त बि.सी. र होमराज चौधरी थिए । उपविेजतालाई पनि नगद सहित सम्मान गरिएको बैंकले जनाएको छ ।  

बैंकले सम्पूर्ण सहभागीहरूप्रति आभार व्यक्त गर्दै उनीहरूको उत्साह र प्रतिबद्धताको प्रशंसा गरेको छ। सांग्रीला डेभलपमेन्ट बैंक नेपालको एक अग्रणी विकास बैंक हो, जसले आफ्नो स्थापनादेखि नै ग्राहकमैत्री सेवा प्रदान गर्दै आएको छ। बैंकले ग्राहक केन्द्रित सेवा तथा नवप्रवर्तनशील योजनाहरू ल्याउँदै आएको छ, जसले वित्तीय पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया