Nepal Life

ग्रीन डेभलपमेन्ट बैंकले बोलायो एजीएम, बोनस वितरणपछि कायम पुँजीबाट हकप्रद सेयर जारी गर्ने

National Life
  • BFIS News
  • 2025 Mar Wed 10:33
ग्रीन डेभलपमेन्ट बैंकले बोलायो एजीएम, बोनस वितरणपछि कायम पुँजीबाट हकप्रद सेयर जारी गर्ने
RBB

काठमाडौं । ग्रीन डेभलपमेन्ट चैत २७ गते १२ औं वार्षिका साधारण सभा बोलाएको छ । सभा होटल पिस प्यालेस, हरिशंकर रोड बाग्लुङमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा बैंकले गत वर्षको नाफाबाट ५.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३०२७ प्रतिशत नगद लाभांशवितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 

NIMB

यस्तै, बोनस सेयर वितरणपश्चात कायम चुक्ता पुँजीबाट १ः १.१०७१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०८० ८१ को वार्षिक प्रतिवेदन, नाफानोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय अनुसूचीहरु छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।

सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि छ । यता, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पेश हुनेछ । 

सभा प्रयोजनका लागि चैत १६ गते बुक क्लोज हुनेछ । तसर्थ, चैत १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया