NIMB Header 2
Nepal Life

एनएमबी बैंकद्वारा ‘ईएसजी एकीकरण र जलवायु जोखिम व्यवस्थापन’ तालिम सम्पन्न

National Life
  • BFIS News
  • 2025 Mar 19 15:49
एनएमबी बैंकद्वारा ‘ईएसजी एकीकरण र जलवायु जोखिम व्यवस्थापन’ तालिम सम्पन्न
Sanima Reliance

काठमाडौं । एनएमबी बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र युरोपियन युनियन (EU) को एसीएसआईआईएस (ACSIIS) कार्यक्रमको सहकार्यमा तीनदिने ‘ईएसजी एकीकरण र जलवायु जोखिम व्यवस्थापन’ तालिम सम्पन्न गरेको छ। नेपालमा दिगो वित्तीय क्षमता अभिवृद्धिका लागि नयाँ मापदण्ड स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको यो तालिम वित्तीय क्षेत्रको लागि महत्वपूर्ण मानिएको छ।

Shikhar
NIMB

यस तालिमले ऊर्जा, कृषि व्यवसाय तथा साना तथा मझौला उद्यम (SMEs) जस्ता दिगो व्यवसायहरूलाई लक्षित गरी वित्तीय प्रणालीमा दिगोपन समावेश गर्ने विषयमा गहिरो छलफल गरेको थियो। बैंकिङ क्षेत्रका पेशाकर्मी तथा बैंकका ग्राहकलाई समेत समेट्दै अन्तरक्रियात्मक छलफलको माध्यमबाट प्रभावकारी प्रशिक्षण प्रदान गरिएको थियो। आईएफसीको अन्तर्राष्ट्रिय ज्ञान र स्थानीय ईएसजी (ESG) अनुभवको संयोजन गर्दै व्यवहारिक तथा प्रभावकारी सिकाइको अवसर उपलब्ध गराइएको थियो।

एनएमबी बैंकले यो तालिम नेपालको वित्तीय प्रणालीलाई थप सुदृढ, दिगो र जलवायु अनुकूल बनाउने दिशामा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया