नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त
- BFIS News
- 2025 Mar Wed 16:23

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छिन् । बैंकको चैत ६ गते दिउसो तीन बजे बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।
बैंकको ३८ औं वार्षिक साधारणसभाले संस्थापक शेयरधनी समुहबाट चार जना र सर्वसाधारण शेयरधनी समुहबाट दुई जना सञ्चालकको निर्वाचन गरेको थियो । संस्थापक समुहबाट पृथ्वी बहादुर पाडे, प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य र दिपंकर शाक्य उदय निर्वाचित भएका थिए । सर्वसाधारण शेयरधनीको समुहबाट कवि कुमार टिवरेवाला र शालिकराम बेलबासे निर्वाचित भएका थिए ।
स्वतन्त्र सञ्चालकको चयन सँगै बैंकको सञ्चालक समिति पुर्ण भएको छ । यो समिति मर्जर पछिको पहिलो निर्वाचिनबाट बनेको हो । पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएका समस्याका कारण लाभांश दिन नसकिरहेको बैंकले यस वर्ष खराव कर्जा व्यवस्थापन गरेर आकर्षक लाभांश दिने योजना बनाएको छ । लामो समयदेखि लाभांश दिन नपाउदा बैंकको पूँजी भन्दा जगेडा कोष धेरै भइसकेको छ ।
प्रतिक्रिया