Nepal Life

सिद्धार्थ बैंकका ग्राहकहरुलाई एल.के.एस डेन्टल सोलुसनसमा १० प्रतिशत सम्मको छुट पाइने

National Life
  • BFIS News
  • 2025 Mar Thu 11:46
सिद्धार्थ बैंकका ग्राहकहरुलाई एल.के.एस डेन्टल सोलुसनसमा १० प्रतिशत सम्मको छुट पाइने
RBB

काठमाडौं । सिद्धार्थ बैंक र एल.के.एस डेन्टल सोलुसनस् (LKS Dental Solutions) बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  

NIMB

सम्झौता अनुसार बिजुलीबजार स्थित एल.के.एस् डेन्टल सोलुसनस् (LKS Dental Solutions) काठमाडौंमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा दाँत सम्बन्धी सेवामा १०% सम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । 

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सक्ने छन् । 

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया