NIMB Header 2
Nepal Life

ग्लोबल मनी वीक २०२५ को उपलक्ष्यमा एनआईएमबीद्वारा नेपालभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

National Life
  • BFIS News
  • 2025 Mar 21 15:57
ग्लोबल मनी वीक २०२५ को उपलक्ष्यमा एनआईएमबीद्वारा नेपालभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
Sanima Reliance

काठमाडौं । ग्लोबल मनी वीक २०२५ को अवसरमा नेशनल इन्स्टिच्युट अफ मनी एन्ड बैंकिङ (NIMB) ले नेपाल अधिराज्य भर विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। बैंकले शाखा कार्यालयहरु मार्फत वित्तीय साक्षरताका कार्यक्रमहरु आयोजना गरिरहेको छ । 

Shikhar
NIMB

यस वर्षको ग्लोबल मनी वीकको नारास्वरूप "Think before you follow, wise money tomorrow" अर्थात् "पछ्याउनु अघि सोचौं, भोलि बुद्धिमानीसँग खर्च गरौं" भन्ने सन्देशलाई आत्मसात गर्दै संस्था सक्रिय रुपमा वित्तीय शिक्षालाई प्रवर्द्धन गरिरहेको छ।

पहिलो दिन (डे १), दोस्रो दिन (डे २) र चौथो दिन (डे ४) मा NIMB ले विभिन्न स्थानमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा सहभागीहरुलाई सही तरिकाले खर्च गर्ने, बचत गर्ने, लगानीको सही निर्णय गर्ने, वित्तीय ठगीबाट जोगिने जस्ता विषयमा जानकारी प्रदान गरेको छ ।

यस अभियानले विशेष गरी युवा, विद्यार्थी, उद्यमी तथा स्थानीय समुदायलाई वित्तीय ज्ञान प्रदान गर्ने उद्देश्य राखेको छ। ग्लोबल मनी वीक २०२५ अन्तर्गत आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गरिने आयोजक संस्थाले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया