ग्लोबल आइएमई बैंक रामपुर शाखाद्धारा बित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

  • BFIS News
  • 2023 Sep Sat 16:46
ग्लोबल आइएमई बैंक रामपुर शाखाद्धारा बित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । ग्लोबल आईएमई बैंकको रामपुर शाखाले शुक्रवार वित्तिय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बैंकले रामपुर क्षेत्रका उद्योगी, व्यवसायी, मजदुर, बैंकका सेवाग्राही तथा सरोकारवालाहरुलाई शुक्रबार वित्तिय साक्षरता तथा सचेतना प्रदान गरेको हो ।

बैंकका सेवा ग्राहीहरुलाई नगद रहित कारोबारका लागि प्रोत्साहित गर्ने उद्देश्य सहित उक्त कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । बैंकले ग्राहकलाई प्रविधिमैत्री बनाउँदै लैजान वित्तिय साक्षरता र डिजिटल बैङ्किङ सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा रामपुर शाखाका रिलेशनसिप म्यानेजर कृष्ण प्रसाद भट्टराईले बैंकको वर्तमान अवस्था, रामपुर शाखाको सेवा प्रवाह संगै वित्तिय साक्षरताको बारेमा प्रशिक्षण दिएका थिए । उनले बचतको महत्व, बचत गर्ने तरिका, पुँजी निर्माण लगाएतका विषयमा जानकारी दिएका हुन् ।

बैंकले सञ्चालनमा ल्याएको ग्लोबल स्मार्ट प्लस मोबाइल एप्लिकेसन, इन्टरनेट बैंकिङको प्रयोगका विषयमा जानकारी दिइएको थियो । यसका साथै व्यवसाय दर्ता गर्ने प्रक्रिया, करको महत्व, कारोवार हिसाव व्यवस्थित गर्ने गरिका, लेखापरीक्षण लगाएतका विषयमा पुर्ण जानकारी प्रदान गरिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया