Nepal Life

गभर्नरका लागि प्रतिस्पर्धा गर्न नबिल बैंकका सिइओ ढुङ्गानाले दिए राजिनामा, बैंकिङ क्षेत्रमा २७ वर्ष भन्दा लामो अनुभव

NMB Bank
  • BFIS News
  • 2025 Mar 25 14:27
गभर्नरका लागि प्रतिस्पर्धा गर्न नबिल बैंकका सिइओ ढुङ्गानाले दिए राजिनामा, बैंकिङ क्षेत्रमा  २७ वर्ष भन्दा लामो अनुभव
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि प्रतिस्पर्धा गर्नका लागि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले राजिनामा दिएका छन् । 

Shikhar
NIMB

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी महाप्रसाद अधिकारीको कार्यकाल यहि चैत २२ गते समाप्त हुँदैछ । हाल उनि फोर्स लिभमा छन् । सरकारले गभर्नर नियुक्तिका लागि प्रकृया अगाडी बढाइसकेको छ । नेपाली कांग्रेस निकट मानिने ढुङ्गानाले गभर्नरमा प्रतिस्पर्धा गर्नैका लागि राजिनामा दिएका हुन् । नविल बैंकमा उनको २ वर्षे कार्यकाल समाप्ति पछि एक साता अगाडी मात्रै थपिएको थियो । 

बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव सँगालेका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए। यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरेका थिए।

ढुङ्गानाले भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तरको अध्ययन पूरा गरेका छन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया