Nepal Life

नेपाल राष्ट्र बैंकले तरलता खिच्न बैंकिङ प्रणालीबाट ३० अर्बको बोलकबोल गर्दै

National Life
  • BFIS News
  • 2025 Mar Wed 11:29
नेपाल राष्ट्र बैंकले तरलता खिच्न बैंकिङ प्रणालीबाट ३० अर्बको बोलकबोल गर्दै
RBB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बुधबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो ।

NIMB

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्षको सुरुवातबाट नै केन्द्रिय बैंकले नियमितरुपमा तरलता प्रशोचन गर्दै आएको छ । बुधबार पनि २१ दिनको लागि ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुने केन्द्रिय बैंकले जनाएको छ । नेपल राष्ट्र बैंकको १२ चैतको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा रहेको अधिक तरलता केन्द्रिय बैंकले खिचेको बक्यौता रकम २ खर्ब ६ अर्ब २० करोड रुपैयाँ छ । बुधबार थप ३० अर्ब रुपैयाँ बोलकबोल गर्ने भएको हो ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया