NIMB Header 2
Nepal Life

सिद्धार्थ बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा विद्यार्थीहरुलाई वित्तीय शिक्षा प्रदान

National Life
  • BFIS News
  • 2025 Mar 26 17:36
सिद्धार्थ बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा विद्यार्थीहरुलाई वित्तीय शिक्षा प्रदान
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरुलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रुपमा सचेत र सशक्त बनाउने उद्देश्यले २०२५ मार्च १७ देखि २३ गतेसम्म सप्ताहव्यापी रुपमा मनाइएको “Global Money Week 2025” को अवसर पारी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

Shikhar
NIMB

यस वर्षको ग्लोबल मनी विक २०२५ को नारा 'Think before you follow, wise money tomorrow’ लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी २४ स्थानहरुमा विद्यार्र्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।

बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराई विद्यार्र्थीहरुमा वित्तिय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रममा १,२१२ जना विद्यार्र्थीहरुको सहभागीता रहेको थियो ।

साथै, विद्यार्थीहरुलाई बैंकको आधारभूत बैकिङ्ग सञ्चालन र विभिन्न बैंकिङ्ग माध्यमहरु सम्बन्धी व्यवहारिक रुपमा शिक्षा प्रदान गर्ने उद्देश्यले ४४८ जना विद्यार्र्थीहरुलाई बैंकको विभिन्न शाखामा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियो । यस सप्ताहव्यापी रुपमा मनाइएको “Global Money Week 2025” मा बैंकले कुल ३८ कार्यक्रम मार्फत १,६६० विद्यार्र्थीहरुलाई वित्तीय शिक्षा प्रदान गरेको थियो । 

बैंकले देशका सम्पूर्ण व्यक्तिमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेक वर्ग र क्षेत्रका मानिसलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रमहरु सञ्चालन गरेको हो । उक्त कार्यक्रमहरुबाट वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने हेतुले वार्षिक रूपमा मनाइने साप्ताहिक अन्तर्राष्ट्रिय अभियान “Global Money Week” को उद्देश्यहरुलाई प्राप्त गर्न मद्दत पुगेको विश्वास बैंकले लिएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया