एभरेष्ट बैंकको कर्पोरेट क्यालेन्डर २०८२ अनावरण
- BFIS News
- 2025 Mar Fri 13:42

काठमाडौं । एभरेष्ट बैंकले एक विशेष समारोहका बीच नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ । नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रूपमा धेरै पहिलेदेखि खेलिने “परम्परागत खेलकुद” विषयवस्तु राखेर तयार पारिएको उक्त क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले अनावरण गरे ।
सो समारोहमा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो । बैंकले लामो समयदेखि नेपालको धर्म, संस्कृति, पर्यटन लगायत अन्य पुरातात्विक महत्वका विषयवस्तुहरूलाई समेट्दै आफ्नो कर्पोरेट क्यालेन्डर सार्वजनिक गर्दै आएको छ ।
प्रतिक्रिया