NIMB Header 2
Nepal Life

वित्तीय जानकारी इकाईको वार्षिक प्रतिवेदन सार्वजनिक, भेटियो १ हजार ६३२ शङ्कास्पद कारोबार

National Life
  • BFIS News
  • 2025 Mar 31 19:15
वित्तीय जानकारी इकाईको वार्षिक प्रतिवेदन सार्वजनिक, भेटियो १ हजार ६३२ शङ्कास्पद कारोबार
Sanima Reliance

काठमाडौं । वित्तीय जानकारी इकाईले आर्थिक बर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनमा इकाईको वार्षिक कामकाज र नेपालको सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरिएको छ।

Shikhar
NIMB

प्रतिवेदनमा उल्लेख गरिएका प्रमुख बिषयहरूमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ अनुसार गोएएमएल प्रणालीमा आवद्ध सूचक संस्थाहरू, कानून कार्यान्वयन गर्ने निकायहरू र नियामक निकायहरूको कुल संख्या १,६३९ पुगेको जानकारी दिइएको छ।

प्रतिवेदनमा सूचक संस्थाहरूले इकाईमा पेस गरेको सीमा कारोबारको संख्या आर्थिक बर्ष २०७९/८० मा १६,९८,३९८ रहेकोमा, आर्थिक बर्ष २०८०/८१ मा यो घटेर १६,९७,७१२ पुगेको देखाइएको छ। यसका साथै, सूचक संस्थाहरूले पेस गरेका शङ्कास्पद कारोबार र गतिविधिहरूको संख्या आर्थिक बर्ष २०७९/८० मा ५,९३५ रहेकोमा, आर्थिक बर्ष २०८०/८१ मा २४ प्रतिशतको वृद्धि भई ७,३३८ पुगेको छ। यी शङ्कास्पद कारोबारहरूमा मुख्यतः कर छली, मौद्रिक, बैंकिङ्ग, विदेशी विनिमय, बीमा, सहकारी, ठगी, चिठ्ठा, जुवा र सट्टेबाजी लगायतका घटनाहरू समावेश रहेका छन्।

विश्लेषणका क्रममा, आर्थिक बर्ष २०८०/८१ मा जम्मा १,६३२ शङ्कास्पद कारोबार र गतिविधिहरूको विश्लेषण गरिएको छ, जसमा ८८९ प्रतिवेदन थप अनुसन्धानका लागि कानूनी कार्यान्वयन निकायमा पठाइएको छ भने ७४६ प्रतिवेदन भविष्यमा थप जानकारी प्राप्त भएपछि पुनः विश्लेषणको लागि अभिलेखीकरण गरिएको छ।

साथै, नेपालको तेस्रो चरणको पारस्परिक मूल्याङ्कन २०२३ मा सम्पन्न भइ, सुधारका कार्यहरूको अवलोकन गरिएपछि नेपाललाई एफएटिएफ (वित्तीय कारबाही कार्यदल) ले थप अनुगमनको सूचीमा राखेको छ।

यस रिपोर्टले सम्पत्ति शुद्धीकरण र वित्तीय अपराधको क्षेत्रमा नेपालमा प्रयोग हुने प्रविधि र प्रवृत्तिहरू जस्तै हुण्डी, साइबर ठगी, अनलाइन अवैध खेल, कर छली, भ्रष्टाचार र आयात-निर्यातमार्फत हुने सम्पत्ति शुद्धीकरणका विषयलाई पनि समेटेको छ। प्रतिवेदनमा इकाईले कर्मचारी, सम्बद्ध निकाय तथा सूचक संस्थाहरूको क्षमता अभिवृद्धि र समन्वयका कार्यहरूका बारेमा पनि जानकारी प्रदान गरेको छ। यसरी, वित्तीय जानकारी इकाईले आर्थिक बर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन मार्फत नेपालको वित्तीय क्षेत्रका सुधार कार्य र रणनीतिहरूको विस्तृत विवरण सार्वजनिक गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया