Nepal Life

जादा जाँदै गभर्नर अधिकारीले भेटे बैंक वित्तीय संस्थाका सिइओहरु, व्यालेन्स अफ पेमेन्ट सम्बन्धी अन्तर्क्रिया

NMB Bank
  • BFIS News
  • 2025 Apr 03 18:11
जादा जाँदै गभर्नर अधिकारीले भेटे बैंक वित्तीय संस्थाका सिइओहरु, व्यालेन्स अफ पेमेन्ट सम्बन्धी अन्तर्क्रिया
National Life

काठमाडौं, चैत २१ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकाल सकिनु भन्दा एक दिन अगाडी सम्पुर्ण बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु सँग भेटघाट गरेका छन् । व्यालेन्स अफ पेमेन्टका विषयमा अन्तर्क्रिया आयोजना गर्दै उनले अन्तिम पटक सिइओहरुलाई भेटघाट गर्ने अवसर मिलाएका हुन् । 

Shikhar
NIMB

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागद्वारा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूसँग भुक्तानी सन्तुलन (Balance of Payment) सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा सम्पन्न उक्त कार्यक्रममा डेपुटी गभर्नर डा. निलम ढुङ्गाना, कार्यकारी निर्देशक डा. गुणाकर भट्ट तथा बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरू सहभागी थिए।

कार्यक्रममा गभर्नर अधिकारीले देशको मौद्रिक तथा भुक्तानी सन्तुलन अवस्थाबारे विस्तृत प्रकाश पार्दै आर्थिक स्थायित्वका लागि बैंक तथा वित्तीय संस्थाहरूको भूमिकालाई विशेष रूपमा उल्लेख गरे। उनले बैंकहरूलाई वित्तीय क्षेत्रमा जोखिम न्यूनीकरण गर्दै सुदृढ प्रणाली निर्माण गर्न आह्वान गरे।

त्यसैगरी, डेपुटी गभर्नर डा. निलम ढुङ्गानाले देशको भुक्तानी सन्तुलन स्थिति, चालु खाता घाटा तथा विदेशी मुद्रा सञ्चितिका विषयमा प्राविधिक विश्लेषण प्रस्तुत गरेकी थिइन्। ढुङ्गानाले हाल बैंकिङ क्षेत्रमा देखिएका अवसर र चुनौतीबारे पनि धारणा राखेकी थिइन् ।

कार्यक्रममा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बैंक तथा वित्तीय संस्थाहरूको भुक्तानी सन्तुलनमा पर्ने प्रभावबारे प्रस्तुति दिएका थिए। बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूले पनि कार्यक्रममा भाग लिँदै आफ्नो दृष्टिकोण तथा सुझाव प्रस्तुत गरे।

अन्तरक्रियाका क्रममा सहभागीहरूबीच बैंकिङ प्रणालीलाई अझ प्रभावकारी बनाउन आवश्यक नीतिगत सुधार, विदेशी मुद्राको प्रवाह तथा वित्तीय बजारको स्थायित्वजस्ता विषयमा गहन छलफल भएको थियो।

नेपाल राष्ट्र बैंकद्वारा आयोजना गरिएका यस्ता कार्यक्रमहरू वित्तीय प्रणालीको पारदर्शिता तथा स्थायित्वका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया