NIMB Header 2
Nepal Life

एनआइसी एशिया बैंकले आजदेखि ७ प्रतिशत व्याजदरमा ५ अर्बको ऋणपत्र निष्काशन गर्दै

Muktinath Bank
  • BFIS News
  • 2025 Apr 07 11:19
एनआइसी एशिया बैंकले आजदेखि ७ प्रतिशत व्याजदरमा ५ अर्बको ऋणपत्र निष्काशन गर्दै
Everest Bank

काठमाडौं । एनआइसी एसिया बैंकले आज चैत २५ गते सोमबारदेखि ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ५० लाख इकाई बिक्री खुला गर्न गरेको हो । जसमध्ये ४० प्रतिशत अर्थात २० लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने ६० प्रतिशत अर्थात ३० लाख इकाई प्राइभेट प्लेसमेन्ट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

NIMB

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा चैत २८ गते हुनेछ भने ढिलोमा २०८२ बैशाख ८ गते हुनेछ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले बैंकलाई आईआरएन इस्यूअर रेटिङ्ग ट्रिपल बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको संकेत गर्दछ। सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया