Nepal Life

राष्ट्रिय वाणिज्य बैंकको ‘७% आरबिबिएल डिबेञ्चर २०८८’ बैशाख ७ गतेदेखि बिक्री खुला हुने

RBB
  • BFIS News
  • 2025 Apr Wed 10:57
राष्ट्रिय वाणिज्य बैंकको ‘७% आरबिबिएल डिबेञ्चर २०८८’ बैशाख ७ गतेदेखि बिक्री खुला हुने
Shikhar detail

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आगामी २०८२ साल बैशाख ७ गतेदेखि ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ नामक ऋणपत्र सार्वजनिक निष्काशनमार्फत बिक्री खुला गर्न लागेको छ। बैंकले वार्षिक ७ प्रतिशत ब्याजदर रहेको, ७ वर्ष अवधिको यो ऋणपत्र जारी गर्न लागेको हो।

NIMB

बैंकले प्रति ऋणपत्र एक हजार रुपैयाँ अंकित दरमा कुल २५ लाख कित्ता अर्थात् २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो। 

जसअन्तर्गत:

- ६० प्रतिशत (१ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता) ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ। 

- बाँकी ४० प्रतिशत (१ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता) सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिनेछ।

सर्वसाधारणका लागि छुट्याइएको १० लाख कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत (५० हजार कित्ता) सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ। बाँकी ९ लाख ५० हजार कित्ता ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

न्यूनतम र अधिकतम आवेदन सीमा

लगानीकर्ताले कम्तीमा २५ कित्ता ऋणपत्रका लागि आवेदन दिनुपर्नेछ भने, आवश्यक कागजातसहित चाहेमा अधिकतममा उपलब्ध सम्पूर्ण कित्ताका लागि समेत आवेदन दिन सकिनेछ।

निष्काशन अवधि

- छिटोमा: २०७९ बैशाख १० गते 

- ढिलोमा: २०७९ बैशाख २१ गते

बिक्री व्यवस्थापन र आवेदन प्रक्रिया 

यस ऋणपत्र निष्काशन तथा बिक्रीको व्यवस्थापन सानिमा क्यापिटल लिमिटेडले गर्नेछ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

क्रेडिट रेटिङ्ग

यस ऋणपत्रलाई केयर रेटिङ्ग्स नेपालले CARE-NP A+ (Issuer Rating) प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व समयमा पूरा गर्ने क्षमतामा पर्याप्त सुरक्षा रहेको संकेत गर्छ।

ऋणपत्रबाट आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टासहित भुक्तानी गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया