NIMB Header 2
Nepal Life

बाणिज्य बैंकहरुले ८ महिनामा कमाए ४३ अर्ब ४९ करोड मुनाफा, नबिलको सर्वाधिक ग्लोबल र नेपाल इन्भेष्टमेन्ट पच्छाउदै

National Life
  • BFIS News
  • 2025 Apr 10 13:36
बाणिज्य बैंकहरुले ८ महिनामा कमाए ४३ अर्ब ४९ करोड मुनाफा, नबिलको सर्वाधिक ग्लोबल र नेपाल इन्भेष्टमेन्ट पच्छाउदै
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्मको अवधिमा वाणिज्य र विकास बैंकहरूले आर्जन गरेको मुनाफा सार्वजनिक गरेको छ ।

Shikhar
NIMB

वाणिज्य बैंकहरूले आठ महिनामा जम्मा रु. ४३ अर्ब ४९ करोड खुद नाफा आर्जन गरेका छन्। सो अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले रु. ४ अर्ब ७८ करोड नाफा कमाएको छ भने ग्लोबल आइएमई बैंकले सो अवधिमा रु. ४ अर्ब ७२ करोड नाफा कमाएको छ।

तेस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ, जसको खुद नाफा रु. ४.०८ अर्ब पुगेको छ। अन्य उल्लेखनीय प्रदर्शन गर्ने बैंकहरूमा एभरेष्ट बैंक र नेपाल बैंक रहेका छन्, जसले पनि उच्च नाफा कमाएका छन्। यस अवधिमा सबैभन्दा कम नाफा कृषि विकास बैंकले कमाएको छ, जसको खुद नाफा मात्र रु. ७३.८ करोड रहेको छ।

विकास बैंकहरूले सो अवधिमा कूल रु. ४.३३ अर्ब नाफा कमाएका छन्। यद्यपि १४ विकास बैंकहरूमध्ये ५ वटा बैंकहरूले घाटा बेहोरेका छन्।

गरिमा विकास बैंकले सबैभन्दा धेरै रु. ८३.४८ करोड नाफा कमाउँदै अग्रता लिएको छ। त्यसपछिल्लो स्थान मुक्तिनाथ विकास बैंकले रु. ७८.७८ करोड नाफा सहित ओगटेको छ भने शाइन रेसुंगा विकास बैंकले रु. ५६.४८ करोड नाफा कमाएर तेस्रो स्थानमा रहेको छ।

त्यस्तै ग्रिन डेभलपमेन्ट बैंक र साल्पा विकास बैंकले अत्यन्तै न्यून नाफा कमाएका छन्, जसमा ग्रिन डेभलपमेन्ट बैंकको नाफा रु. १.८ करोड र साल्पा विकास बैंकको नाफा मात्र रु. १७ लाख रहेको छ।

त्यसैगरी, नारायणी विकास बैंक, सप्तकोशी विकास बैंक, कर्णाली विकास बैंक, कर्पोरेट विकास बैंक, र एक्सेल विकास बैंकसहित आठवटा विकास बैंकहरूले फागुन मसान्तसम्म घाटा व्यहोरेका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया