NIMB Header 2
Nepal Life

गभर्नर नियुक्तिको उमेरहद संशोधन बदरको माग गर्दै सर्वोच्चमा रिट

National Life
  • BFIS News
  • 2025 Apr 13 18:48
गभर्नर नियुक्तिको उमेरहद संशोधन बदरको माग गर्दै सर्वोच्चमा रिट
Sanima Reliance

काठमाडौं, चैत ३१ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रकरण एकपछि अर्को गर्दै विवादमा फसिरहेको छ। यस्तैमा सरकारले सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्तिसम्बन्धी मापदण्डबाट ६४ वर्षे उमेरहद हटाएपछि त्यसलाई बदर गर्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ।

Shikhar
NIMB

अधिवक्ता विशाल थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति र नेपाल राष्ट्र बैंकलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेका हुन्। मुद्दा दायर भएसँगै गभर्नर नियुक्ति प्रक्रिया थप लम्बिने निश्चितजस्तै देखिएको छ।

सरकारले संशोधन गरेको मापदण्डअनुसार कुनै पनि उमेर समूहका व्यक्तिलाई यस्ता निकायमा नियुक्ति दिन सकिने व्यवस्था गरिएको थियो। तर, अधिवक्ता थापाले उक्त व्यवस्था बदर गरी पुनः न्यूनतम ३० र अधिकतम ६५ वर्षे उमेरहद कायम गर्न माग गरेका छन्।

यो प्रकरणलाई लिएर ७० वर्ष पुगेका पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर डा. युवराज खतिवडा, पूर्व मुख्यसचिव राजेन्द्र क्षेत्री र पूर्वसचिव रामेश्वर खनालमध्ये कसैलाई गभर्नर बनाउने बाटो खुलाउने नियतले उमेरहद हटाइएको आशंका हुँदै आएको छ।

सर्वोच्चमा मुद्दा परेपछि अब सरकारले ल्याएको संशोधनको वैधता र गभर्नर नियुक्ति प्रक्रियामा त्यसको प्रभावबारे कानुनी टुंगो नलागेसम्म प्रक्रिया रोकिँदै जाने देखिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया