NIMB Header 2
Nepal Life

लाभांश प्रस्ताव पारित गर्न स्वरोजगार लघुवित्तले बोलायो साधारण सभा, शेयरधनीले १३.५० प्रतिशत बोनसदर पाउने

National Life
  • BFIS News
  • 2025 Apr 16 10:46
लाभांश प्रस्ताव पारित गर्न स्वरोजगार लघुवित्तले बोलायो साधारण सभा, शेयरधनीले १३.५० प्रतिशत बोनसदर पाउने
Sanima Reliance

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। लघुवित्तले बैशाख २९ गते, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सोह्रौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा दिनको साढे ११ बजे शुरु हुनेछ।

 

Shikhar
NIMB

सभाले हाल कायम चुक्ता पूँजीको १३.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बैशाख ११ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार बैशाख १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया