Nepal Life

मितेरी डेभलपमेण्ट बैंकको नाफामा ३५.४१ प्रतिशतले वृद्धि, मुख्य आम्दानीमा गिरावट

RBB
  • BFIS News
  • 2025 Apr Wed 16:03
मितेरी डेभलपमेण्ट बैंकको नाफामा ३५.४१ प्रतिशतले वृद्धि, मुख्य आम्दानीमा गिरावट
Shikhar detail

काठमाडौं । मितेरी डेभलपमेण्ट बैंक लिमिटेड (MDB) ले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार बैंकको खुद नाफा ३५.४१% ले वृद्धि भई रू. ९.२४ करोड पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रू. ६.८२ करोड मात्र थियो।

NIMB

नाफा वृद्धिको मुख्य कारण भनेको ९१.८५% ले घटेको impairment charges र ३५.४१% ले वृद्धि भएको सञ्चालन नाफा हो, जुन हाल रू. १३.२० करोड पुगेको छ। बैंकको चुक्ता पूँजी ९.५१% ले वृद्धि भई रू. १.२१ अर्ब पुगेको छ भने वितरणयोग्य नाफा १००.५५% ले उकालो लाग्दै रू. १०.८३ करोड पुगेको छ।

तर, नाफा वृद्धि भए तापनि बैंकको मुख्य बैंकिङ आम्दानीमा गिरावट देखिएको छ। शुद्ध ब्याज आम्दानी ३१.४४% ले घट्दै रू. १३.२६ करोडमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रू. १९.३४ करोड थियो।

त्यसैगरी, बैंकको निक्षेप ३.९०% ले घट्दै रू. ६.१७ अर्बमा झरेको छ भने संचित नाफा ३०.४६% ले घटेको छ। यद्यपि, कर्जा प्रवाह भने २२.४४% ले वृद्धि भई रू. ४.४५ अर्ब पुगेको छ। बैंकका कर्मचारी खर्चहरू पनि १०.०९% ले बढेका छन्, जसले सञ्चालन खर्चको वृद्धि देखाउँछ।

वित्तीय सूचकांकको हिसाबले बैंकले सुदृढ सम्पत्ति गुणस्तर देखाएको छ, जसमा बैंकको Non-Performing Loan (NPL) अनुपात २.६३% बाट घटेर ०.७८% मा झरेको छ। बैंकको पूँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio) ३४.१९% मा सुधार भएको छ भने कोषको लागत ८.२९% बाट घटेर ५.६१% मा झरेको छ।

वार्षिक आधारमा आम्दानी प्रतिशेयर (EPS) २३.६५% ले वृद्धि भई रू. १०.१३ पुगेको छ। यद्यपि, प्रति शेयर खुद मूल्य (Net Worth) ३.७१% ले घट्दै रू. १३८ मा झरेको छ। तेस्रो त्रैमासको अन्त्यमा बैंकका सेयरहरू रू. ६०८.८७ मा कारोबार भइरहेका थिए, जसको मूल्य-आर्जन अनुपात (PE Ratio) ६०.११ गुणा रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया