मातृभूमी लघुवित्तको छैठौ वार्षिक साधारणसभाबाट ६ सञ्चालक निर्वाचित
- BFIS News
- 2025 Apr Wed 16:39

काठमाडौं । मातृभूमी लघुवित्त वित्तीय संस्थाको छैठौ वार्षिक साधारणसभाबाट ६ सञ्चालक निर्वाचित भएका छन् । संस्थापक शेयरधनीहरुको समुहबाट शम्भू प्रसाद घिमिरे, विमला योगी, इन्द्र कुमार शाह र खडानन्द सापकोटा निर्वाचित भएका छन् ।
त्यस्तै सर्वसाधारण शेयरधनीहरुको समुहबाट भरत बहादुर हमाल र विनोद आचार्य निर्वाचित भएका हुन् । यस सँगै अध्यक्ष लोकराज शर्मा प्रभु बैंकका प्रतिनिधि राजेश भण्डारी, चुनादेवी खड्का बाहिरिएका छन् ।
साविक किसान लघुवित्त वित्तीय संस्था र जाल्पा लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर मतृभूमी लघुवित्त वित्तीय संस्था बनेको हो । मर्जर पश्चात २०८१ जेठदेखि यि दुई संस्थाले एकिकृत कारोबार सञ्चालन गर्दै आइरहेका छन् । मर्जर पश्चात हाल २०८ वटा शाखा कार्यालय सञ्चालनमा छन् ।
प्रतिक्रिया