United Ajod

गरिमा विकास बैंकको तिज विशेष गितमा सर्वोत्कृष्ट टिकटक बनाउनेलाई ३० हजार पुरस्कार

  • BFIS News
  • 2023 Sep Mon 17:17
गरिमा विकास बैंकको तिज विशेष गितमा सर्वोत्कृष्ट टिकटक बनाउनेलाई  ३० हजार पुरस्कार

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरी तीज विशेष गीत सार्वजनिक गरेको छ । बैंकले करिब ३ मिनेट लामो उक्त गीतमा लोकगीत गायक एवं संगीतकार घनश्याम रिजालको शब्द र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारिक युट्युब च्यानल र टिकटकबाट उक्त गीत हेर्न र सुन्न सकिने बैंकले जनाएको छ ।

यसका साथै हरितालिका तीजलाई अझ विशेष बनाउन हेतु बैंकले तीज विशेष टिकटक प्रतियोगिता ‘गरिमा तीज’ पनि सार्वजनिक गरेको छ। बैंकले जारी गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउनेमध्ये सबैभन्दा धेरै लाइक आउने उत्कृष्ट १० भिडियोहरुमध्ये प्रथमलाई रु ३० हजार, द्वितीयलाई रु २० हजार तृतीयलाई रु १० हजार र बाँकी ७ वटा भिडियोलाई जनही रु ५ हजार सान्त्वना पुरस्कार राशि प्रदान गरिनेछ।

यस टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगिहरुले भिडियो बनाउँदा गरिमा विकास बैंकले तोकेको सम्पूर्ण नियम तथा सर्तहरुको पूर्ण पालना गर्नुपर्ने हुन्छ ।

हाल बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५० एटीएम र डिजिटल बैंकिङ ९गरिमा डिजी बटुवा, डेबिटरक्रेडिट कार्ड, स्मार्ट क्यूआरलगायत० मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया