NIMB Header 2
Nepal Life

गभर्नर नियुक्तिमा सहमति जुटिसकेको सभापती देउवाको दाबी

National Life
  • BFIS News
  • 2025 Apr 17 21:03
गभर्नर नियुक्तिमा सहमति जुटिसकेको सभापती देउवाको दाबी
Sanima Reliance

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति विषयमा सहमति भइसकेको बताएका छन्।

Shikhar
NIMB

बिहीबार बिहान बसेको कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकमा सभापति देउवाले प्रधानमन्त्रीसँग छलफल गरी गभर्नर नियुक्तिको विषयमा कुरा मिलिसकेको जानकारी गराएका हुन्। “यसमा कुरा मिलिसक्यो, मैले प्रधानमन्त्रीसँग कुरा गरिसकेको छु,” बैठकमा सहभागी एक नेताले देउवाको भनाइ उदृत गर्दै जानकारी दिए।

उनका अनुसार सभापति देउवाले गभर्नरको नियुक्तिमा एमालेको अडान फिर्ता भइसकेको संकेत पनि दिएका छन्। “एमालेसँग कुरा मिलिसक्यो। गभर्नरको अडानबाट एमाले पछि हटिसकेको छ,” ती नेताले भने।

विश्वसनीय स्रोतका अनुसार गत सोमबारको एमाले सचिवालय बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर नियुक्तिमा एमालेले आफ्नो अडान छोड्ने संकेत दिएका थिए। बैठकमा प्रधानमन्त्री ओलीले भनेका थिए, “कांग्रेसले अडान छोडेको छैन, त्यसैले सत्ता सहकार्य टुंग्याउने कुरा हुँदैन।”

गभर्नर नियुक्तिको विषयमा कांग्रेस र एमालेबीचको अडानका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन। अब भने दुबै दलको सहमतिपछि छिट्टै गभर्नर नियुक्तिको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया