Nepal Life

नविल बैंकका ५२ जना कर्मचारीले रोजे स्वेच्छिक अवकास

Global Ime detail Page
  • BFIS News
  • 2023 Sep Mon 17:58
नविल बैंकका ५२ जना कर्मचारीले  रोजे स्वेच्छिक अवकास
Sanima Reliance

काठमाडौं । नबिल बैंकले ल्याएको स्वेच्छिक अवकास योजना 'भिआरएस'मा ५२ जनाले आवेदन दिएका छन् । बैंकले आह्वान गरेको स्वेच्छिक अवकास योजनामा पिहलो पटक खासै आवेदन नपरे पछि पुनः म्याद थप गरेको थियो । दोस्रो पटकको आह्वानमा भने २५ जनाले जागिर छाड्ने निर्णय गरेका छन् । 

NIMB

बैंकका डेपुटी जनरल म्यानेजर कृष्णदत्त भट्ट र एसिस्टेन्ट जनरल म्यानेजर नमिता दिक्षितले समेत स्वेच्छिक अवकास रोजेका छन् ।बैंकमा ३४०० को हाराहारीमा कर्मचारी छन् । जसमध्ये २४ सय जना पेरोलमा छन् । मर्जर भएको एक वर्षपछि नबिल बैंकले पुनः स्वेच्छिक अवकास सुविधा ल्याएको हो । बैंकले एउटै विभागमा दोहोरिएका कर्मचारी कटौति गर्न भीआरएस ल्याएको थियो ।

यसअघि बैंकले २ पटक भीआरएस सुविधा ल्याएको बैंकले नेपाल बङ्गलादेश बैंकलाई गाभेपछि तेस्रो पटक भीआरएस ल्याएको हो ।नबिल बैंकले साविक नेपाल बङ्गलादेश बैंकलाई २०७९ असार २७ गतेदेखि एकीकृत कारोबार गरेको थियो । एनबी बैंक नबिलमा गाभिनु अघि नै केही कर्मचारीहरु भीआरएसमा बाहिरीएका थिए । त्यसपछि एकीकृत कारोबार पश्चात् पनि पुनः बैंकले भीआरएस सुविधा दिएको थियो ।

अघिल्लो पटक भीआरएस सुविधा दिँदा ७० जना कर्मचारी बाहिरीएका थिए । बाहिरीने कर्मचारीहरुमा अधिकांश एनबी बैंकका थिए । यो भीआरएस सिनियर तहका तथा पूराना कर्मचारीका लागि ल्याइएको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया