गभर्नर बन्ने पक्का भएपछि गुणाकरले दिए कार्यकारी निर्देशक पदबाट राजीनामा
- BFIS News
- 2025 Apr Fri 12:19

काठमाडौं। राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । गभर्नर बन्ने पक्का भएपछि भट्टले राजीनामा दिएका हुन् ।
लामाे रस्साकस्सी पछि सत्तारूढ दलहरू काँग्रेस र एमालेले बुधवार गभर्नरकाे नाममा सहमति गरेका थिए । काँग्रेसका सभापति शेरवहादुर देउवाले भट्टकाे नाम प्रस्ताव गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन जनाएका थिए ।
शुक्रवार नै अर्थमन्त्री बिष्ण पाैडेल संयाेजक रहेकाे छनाैट समितिले भट्टसहित तीन जनाकाे नाम मन्त्रिपरिषदमा पेश गर्ने संभावना छ । अब बस्ने मन्त्रिपरिषदकाे बैठकले नयाँ गभर्नर नियुक्ति गर्ने छ ।
प्रतिक्रिया