NIMB Header 2
Nepal Life

राष्ट्रिय वाणिज्य बैंकको ७% ब्याजदरको ऋणपत्र निष्कासन सुरु, सर्वसाधारणका लागि आजदेखि आवेदन खुला

National Life
  • BFIS News
  • 2025 Apr 20 08:05
राष्ट्रिय वाणिज्य बैंकको ७% ब्याजदरको ऋणपत्र निष्कासन सुरु, सर्वसाधारणका लागि आजदेखि आवेदन खुला
Sanima Reliance

काठमाडौं। वैशाख ७ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आज (बैशाख ७ गते) देखि आफ्ना ऋणपत्र '७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८' को निष्कासन तथा बिक्री प्रक्रिया सुरु गरेको छ।

Shikhar
NIMB

बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ऋणपत्र सार्वजनिक निष्कासनमार्फत बिक्री गर्न लागेको हो।

बैंकले कुल २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्दैछ, जसको कुल मूल्य २ अर्ब ५० करोड रुपैयाँ बराबर छ। यसमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता (१ अर्ब ५० करोड रुपैयाँ) व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १० लाख कित्ता (१ अर्ब रुपैयाँ) सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत बिक्री गरिनेछ।

सर्वसाधारणलाई छुट्याइएको कित्तामध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ। बाँकी ९ लाख ५० हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

आवेदन विवरण

यस ऋणपत्रमा न्यूनतम २५ कित्ता आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्कासन छिटोमा वैशाख १० गते बन्द हुनेछ भने अधिकतम वैशाख २१ गतेसम्म खुला रहनेछ।

धितोपत्र निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मा सानिमा क्यापिटल लिमिटेडलाई दिइएको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सेवा दिने बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

क्रेडिट रेटिङ र ब्याज भुक्तानी

ऋणपत्रको क्रेडिट रेटिङ केयर रेटिङ्स नेपालले प्रदान गरेको हो। संस्थाले राष्ट्रिय वाणिज्य बैंकलाई "CARE-NP A+ (Is)" रेटिङ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने पर्याप्त क्षमता रहेको संकेत गर्दछ।

ब्याज भुक्तानी प्रत्येक आर्थिक वर्षको पहिलो अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्तिपछि, कर कटौतीपछि, लगानीकर्तालाई वितरण गरिनेछ।

बैंकको यो ऋणपत्र सुरक्षित र स्थिर आम्दानी चाहने लगानीकर्ताहरूका लागि आकर्षक विकल्पका रूपमा हेरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया