Nepal Life

कुमारी बैंकको नाफामा ७२.८५% को गिरावट, एनपीएल झन्डै ७% मा

RBB
  • BFIS News
  • 2025 Apr Sun 08:32
कुमारी बैंकको नाफामा ७२.८५% को गिरावट, एनपीएल झन्डै ७% मा
Shikhar detail

काठमाडौं । कुमारी बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म खुद नाफा ७२.८५ प्रतिशतले घटेको छ।

NIMB

बैंकले समीक्षा अवधिमा २८ करोड ५८ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा भएको १ अर्ब ५ करोड रुपैयाँ नाफाको तुलनामा उल्लेख्य गिरावट हो।

इम्पेयरमेन्ट चार्ज र ब्याज आम्दानीले पारेको असर

बैंकको नाफामा आएको गिरावटको मुख्य कारण इम्पेयरमेन्ट चार्जमा देखिएको तीव्र वृद्धि र ब्याज आम्दानीको घटावट हो। इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको ३ अर्ब ५४ करोड रुपैयाँबाट बढेर यस वर्ष ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, खुद ब्याज आम्दानी पनि ६.२७ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष ८ अर्ब ४२ करोड रुपैयाँ थियो।

वित्तीय सूचकहरू कमजोर

हाल कुमारी बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ सञ्चित छ। तर, बैंकको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ, जसले लाभांश वितरणमा असर पार्न सक्छ।

बैंकको प्रतिसेयर आम्दानी (EPS) १ रुपैयाँ ४५ पैसा मात्र रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ४३ पैसा रहेको छ।

खराब कर्जा (NPL) झन्डै ७ प्रतिशत

बैंकको गैर–सञ्चल कर्जा अनुपात (NPL) अघिल्लो वर्षको ४.९५ प्रतिशतबाट बढेर ६.९८ प्रतिशत पुगेको छ, जुन नेपाल बैंकिङ क्षेत्रमा उच्च मानिने सूचक हो।

वित्तीय विश्लेषकहरूका अनुसार, कर्जाको गुणस्तरमा आएको गिरावट र जोखिम व्यवस्थापनमा देखिएको कमजोरीले बैंकको समग्र वित्तीय प्रदर्शनमा चुनौती थपेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया